घोराही, ८ पुस
समाजमा बढ्दै गएको मानसिक समस्या न्यूनिकरणकालागि कोष स्थापना गरेर अभियान सुरुवात गरिएको छ ।
दाङ जिल्लामा क्रियाशील मनोविमर्शकर्ताहरुको भेलाले वर्तमान समयमा मानसिक स्वास्थ्य प्रवद्र्धनका लागि ‘मानसिक स्वास्थ्य पवद्र्धन कोष’ स्थापना गरेर अभियान सुरुवात गरिएको हो ।
घोराही उपमहानगरपालिका जनस्वास्थ्य प्रवद्र्धन शाखा प्रमुख एवं मनोविमर्शकर्ता राधा रिजालको अध्यक्षता एवं नेपल महिला सामुदायिक सेवा केन्द्र दाङका संस्थापक अध्यक्ष बिमला योगीको प्रमुख आतिथ्यमा भएको भेलाले कोष स्थापना गरेको हो ।
जिल्लाका स्थानीय तह, अस्पताल, विभिन्न सरकारी, गैरसरकारी तथा सामाजिक संघसंस्थाहरुमा क्रियाशील मनोविमर्शकर्ताहरुको सहभागितामा भएको छलफलले मानसिक स्वास्थ्यको क्षेत्रमा सचेतना, मनोविमर्श सेवा एवं उपचारमा सहजता होस् भन्ने उद्धेश्यका साथमा कोष स्थापना गरिएको छ ।
भेलाले सरोकारवालाहरुलाई मानसिक स्वास्थ्य सचेतनाका क्षेत्रमा काम गर्नका लागि सरोकारवालाहरुmलाई थप सचेत बनाउने, जिल्लाका विभिन्न क्षेत्रमा रहेका मनोविमर्शकर्ताहरुबीच एक आपसमा समन्वय सहकार्यलाई थप प्रभावकारी बनाउने, एक आपसमा केश रिफर गर्ने निर्णय गरिएको छ ।
भेलामा सहभागी मनोमिवर्शकर्ताहरुले एक आपसमा आफूहरुmे गर्दै आएको कार्यहरुको अनुभव आदानप्रदान गर्नुभएको थियो । नेपाल महिला सामुदायिक सेवा केन्द्रको आह्वानमा भएको भेलाले साथै कोष विकासका लागि विभिन्न सरकारी तथा गैरसरकारी संघसंस्था एवं व्यक्तीहरुमा आह्वान गरेको छ ।
RaptiSandesh RaptiSandesh