Home / Feature Breaking news / दीपक गिरीको चासो समग्र दाङको समृद्धि

दीपक गिरीको चासो समग्र दाङको समृद्धि

तुलसीपुर, २२ कार्तिक । सत्तारुढ गठबन्धनका तर्फबाट दाङ क्षेत्र नं. ३ का उम्मेदवार दीपक गिरीले समग्र दाङको समृद्धिलाई जोडेर लैजाने खाकासहितका प्रतिवद्धता व्यक्त गर्न थालेका छन् । त्यसैले उनले दाङको समृद्धिका लागि निर्वाचन क्षेत्र नं. ३ मा आफूलगायत डिल्ली चौधरी र धनबहादुर मास्के राजेश, क्षेत्र नं. २ मा संघका उम्मेदवार रेखा शर्मा तथा प्रचण्ड विक्रम न्यौपाने र राजु खनाल, क्षेत्र नं. १ मा मेटमणि चौधरी र प्रदेशसभामा इन्द्रजित चौधरी तथा अनुराख खड्का समेतलाई विजयी बनाउन गिरीको आग्रह झल्किरहेको छ ।

‘हामी साँघुरो विकासको घेराबाट मुक्त हुन चाहन्छौं, त्यसैले समग्र दाङको समृद्धिको खाका मैले बनाएको छु, त्यही खाकाअनुरुप दाङको सुनौलो भविष्य हामीले कोर्नेछौं’, गिरीले चुनावी सभामा भन्ने गरेका छन् । उनले कोरेको खाकाअनुसार दाङलाई तीन खण्डमा विभाजन गरिएको छ । महाभारत श्रृंखलामा रहेका बस्तीहरु, मध्यदाङका बस्तीहरु र कछाडका बस्तीहरु । जहाँ जे कुराको धेरै आवश्यकता छ, त्यहाँ त्यसै अनुरुपका योजना बनाएर दाङलाई समृद्ध बनाउने योजना उम्मेदवार गिरीको छ । ‘

मैले निर्वाचनमा झुठा आश्वासन बाँड्न कहिल्यै जानिन तर झुठा आश्वासन बाँड्ने नेताहरुलाई परास्त गरेर दाङको योजनाबद्ध विकासका लागि मैले जनताको मत चाहेको छु’, उम्मेदवार गिरीले भने– ‘जनताले मंसिर ४ मा सही फैसला गर्नेछन् भन्नेमा मलाई पूर्ण विश्वास छ ।’ उनले जनतालाई न्यायाधीश मानेका छन् । ‘एउटा न्यायाधीशले गलत फैसला गर्नै सक्दैन भन्ने मलाई पूर्ण विश्वास छ’, गिरीले भने । उनले पश्चिम दाङका दुर्गम बस्तीहरुसम्म पक्की सडक, स्तरीय स्वास्थ्य संंस्था, बिक्ने प्राविधिक शिक्षा, घर–घरमा विद्युत सेवा पु¥याउने आफ्नो योजना रहेको पनि उनले बताए । योजनाबद्ध सहरीकरणले मात्रै नगरको सौन्दर्य झल्किने बताएका छन् ।

चुनावी सभालाई सोमवार तुलसीपुर उपमहानगरपालिका वडा नं. २ तकियापुरमा सम्बोधन गर्दै नेपाली कांग्रेसका केन्द्रीय सदस्य समेत रहेका पूर्व सिँचाइमन्त्री गिरीले आफू निर्वाचित भए योजनाबद्ध सहरीकरणमार्फत् बस्ती विकास र समृद्धिका लागि लागिपर्ने बताए । सडकको स्तरोन्नति र बाँकी रहेका खोलाहरुमा पुल निर्माण गर्ने काममा लाग्ने बताउँदै उनले विगतमा आफू सांसद र मन्त्री हुँदा गरेको विकासभन्दा डबल काम अब गर्ने प्रतिबद्धता ब्यक्त गरे । सही मान्छेलाई चुनेर सही ठाउँमा पु¥याउनुस्, विकासमा गति बढ्नेछ, उनले भने– ‘योभन्दा अगाडि संविधानसभा सदस्य र ९ महिना मन्त्री हुँदा गरेको भन्दा डबल काम गरेर म देखाउँछु, पश्चिम दाङ बनाउन कुनै कसर बाँकी राख्नेछैन ।’

प्रदेशसभा क्षेत्र नं. ३ (२) का उम्मेदवार धनबहादुर मास्की (राजेश) ले गठबन्धनले जिते पश्चिम दाङको मुहार फेरिने बताए । उनले पुल नभएका खोलामा पुल र स्तरोन्नति नभएका बाटाघाटालाई विशेष जोड दिएर काम गर्ने बताए । उनले भने– ‘पश्चिम दाङलाई विकसित र समृद्ध बनाउन दीपक दाइ र मैले जित्न जरुरी छ ।’ पञ्चायतकालदेखि नै राजनीतिमा लागेर खारिएका गिरी वि.सं. २०३० सालमै पञ्चायतविरुद्ध आवाज उठाउँदा प्रहरी हिरासतमा परे ।

वि.सं. २०३४ सालमा भारतको गोरखपुरमा नेपाली कांग्रेसको क्रियाशील सदस्य बनेका गिरी वि.सं. २०३४ सालमा नेपाली कांग्रेसको क्षेत्रीय सभापति बने । वि.सं. २०३६ सालमा नेविसंघको केन्द्रीय सदस्य बनेका गिरी २०३९ सालमा नेपाल विद्यार्थी संघको राष्ट्रिय महाधिवेशन तयारी समितिको संयोजक बने । वि.सं. २०४३ सालमा त्रिविवि स्ववियु महासचिवमा निर्वाचित भएका गिरी वि.सं. २०४७ सालमा दाङमा राप्ती बबई क्याम्पस स्थापना गरी संस्थापक अध्यक्ष बने ।

निर्वाचन क्षेत्र नं. ३ का गठबन्धनका साझा उम्मेदवार गिरी नेपाली कांग्रेसको बाह्रौ महाधिवेशन देखि निरन्तर केन्द्रीय सदस्यमा निर्वाचित हुँदै आएका छन् । सिँचाइमन्त्री हुँदा गिरीले बृहत दाङ उपत्यका सिँचाइ आयोजना मात्र होइन, रुपाताल संरक्षण आयोजना, समृद्ध तराई–मधेस सिँचाइ आयोजनाको क्षेत्र विस्तार, अतिजोखिमयुक्त पहिरो नियन्त्रण आयोजना, राप्ती नदी र सप्तरीको खाडो नदी नियन्त्रणमा दातृ निकायबाट सहयोग जुटाउन पनि तात्कालीन सिँचाइमन्त्री गिरीको योगदान छ । आगामी निर्वाचनमा चुनाव जित्ने गिरीका यी जनमैत्री आधार हुन् ।q

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*