Home / Feature Breaking news / नवलपुर कपको फाइनलमा न्यू स्टार र राप्ती क्लव

नवलपुर कपको फाइनलमा न्यू स्टार र राप्ती क्लव

दाङ । केशरसिंह श्रेष्ठ स्मृति आमन्त्रित फुटवल प्रतियोगिता ‘नवलपुर कप २०७५’को फाइनलमा न्यू स्टार फुटवल एकेडेमी नारायणपुर र राप्ती क्लव प्रवेश गरेका छन । प्रतियोगिताको सेमिफाइनल खेलमा सनस्टार फुटवल क्लव रोल्पालाई हराउदै न्यू स्टार फुटवल एकेडेमी नारायणपुर र यूएनविसी घोराहीलाईलाई हराउदै राप्ती क्लव प्रतियोगिताको फाइनलमा प्रवेश गरेका हुन ।

बुधवार नवलपुर खेल मैदानमा भएको सेमिफाइनल खेलमा रोल्पालाई ०–४ गोलले पराजित गर्दै न्यू स्टार फाइनलमा प्रवेश गरेको हो । जितका लागि टिम क्याप्टेन मनिष पाण्डेयले २ गोल गरेका थिए । न्यू स्टारको जितका लागि क्याप्टेन पाण्डेयले खेलको १३आँैँ मिनेट र ९२औँ मिनेटमा २ गोल गर्दै टिमलाई अग्रता दिलाएका थिए ।
त्यस्तै न्यू स्टारका घनश्याम धामीले ३६ औँ मिनेटमा टिमका लागि दोश्रो गोल गरे । उक्त गोलले न्यू स्टारको जितलाई अग्रता दिएको थियो । आक्रामक खेल खेलेको न्यू स्टारले ७२ औँ मिनेटमा खेलाडी राकेश सापकोटाले तेश्रो गोल थप्दै टिमलाई फाइनलको यात्रा सुनिश्चित गरेका थिए । प्रतियोगितामा हारसँगगै सनस्टार फुटवल क्लव प्रतियोगितावाट बाहिरीको छ । प्रतियोगितामा न्यू स्टारका क्याप्टेन मनिष पोण्डेय म्यानअफ द म्याच घोषित भएका थिए ।

केशर सिंह श्रेष्ठका नाति सुवास श्रेष्ठ र श्रेष्ठ परिवारले आयोजना गरेको प्रतियोगिताको पहिलो सेमिफाइन खेलमा यूएनविसी क्लव घोराहीलाई ०–२ गोलले हराउँदै राप्ती क्लव घोराही प्रतियोगिताको फाइनलमा प्रवेश गरेको हो । प्रतियोगिताको बिजेताको प्रमुख दावेदार मानिएको यूएनविसीलाई हराउँदै फाइनलका लागि यात्रा राप्ती क्वलले सुरक्षित गरेको हो । राप्तीको जितका लागि खेलाडी स्वप्नील संसार कुमाईले २ गोल गरेका थिए । प्रतियोगिताको खेलमा युएनविसीले दवाफ सिर्जना गरेपनि गोल गर्न सकेनन् ।

प्रतियोगितामा बिजयी टिमले नगद ५५ हजारसहित शिल्ड,मेडल र प्रमाणपत्र प्रदान गर्नेछ । दोश्रो हुने टिमले नगद २५ हजारसहित शिल्ड, मेडल र प्रमाणपत्र प्रदान गर्ने आयोजक नवलपुर फुटवल क्लवले जानकारी दिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*