Home / Feature Breaking news / महिलाका काम र सामाजिक मान्यता

महिलाका काम र सामाजिक मान्यता

उर्मिला त्रिपाठी

मेरी एक बहिनी आफ्नो कामको शिलशिलामा देशभित्र र बाहिर विभिन्न ठाउँमा गइरहन्छिन् । उनको एउटा छोरा छ चार बर्षको । यस्तै एक दिन उनी घरमा नभएको बेलामा बाबाले भाडा माझेको देखेर छोराले सोध्यो, बाबा हजुर आमा हो र ?”सुुन्दा साधारण लाग्ने यो असाधारण वाक्य हामी हुर्किएको र हामी बाँचिरहेको समाजको प्रतिविम्ब हो । जम्मा चार वर्षको बालकको मनोविज्ञानमा भ“ाडा माझ्ने काम आमाको मात्र हो भन्ने कुराको छाप पार्न कति छिटो सफल भैसकेछौ हामी । तर हरेक दिन घर बाहिरको काम सकेर घर फर्किदा आमा हजुर बाबा हो र भनेर उसले कहिल्यै प्रश्न गर्दैन । प्रश्न गरोस पनि किन जुन कुरा उसलाइ असामान्य लागेकै छैन ।

प्रसंग नारी दिबसकै । विभिन्न नारा जुलुसका साथ महिलाका अधिकार स्थापित गराउनका लागी नारी दिबस मनाइरहँदा मलाइ भने यही साधारण कुराले एकछिन घोत्लिन बाध्य बनायो । हो एउटा घर व्यवस्थित रुपबाट संचालन गर्न श्रम विभाजनको आवश्यकता पर्छ नै तर श्रम विभाजन लै¨ीक विविधताको आधारमा नभइ क्षमताको आधारमा गरिनु जायज हुन्छ । कामको प्रकृति जस्तो सुकै होस् काम पूजा हो र हरेक कामको सम्मान हुनुपर्छ । तर हाम्रो समाजमा केही निश्चित कामहरु ( खाना बनाउनु, भाँडा माझ्नु, कपडा धुनु, घर सफा गर्नु) महिलाको लागी नै छुट्टयाइएका हुन्छन् मानौ उनीहरुले यी कामहरु गर्भदेखी नै सिकेर आएका हुन्छन् ।

दैनीक जिवनयापनका लागी अत्यावश्यक यी कामहरु पुरुषले गर्न की त श्रीमती माइती गएको हुुनुपर्छ अथवा विरामी परेको अवस्था हुनुपर्छ । घरमा श्रीमती हुँदाहसदै श्रीमानले यी कामहरु गरेमा श्रीमानलाई लाज हुन्छ र समाजमा उसको इज्जत जान्छ । उसको आत्मसम्मानमा ठेस पुग्छ । के त्यसो भए अहिलेसम्म महिलाले इज्जत नै नभएको काम गर्दै आएका हुन् त ? के महिलाको आत्मसम्मानको कुनै अर्थ नै छैन त ? हुन त महिला र बालबालिकालाइ एउटै दर्जामा राखेर हेर्ने हाम्रो समाजमा महिलाको आत्मसम्मान दुर दराजका कुरा हुन् । यी कुराहरुलाइ सामान्य रुपमा लिने हो र परिवर्तन नचाहने हो भने क्षमतावान् र रचनात्मक काम गर्न चाहने महिलाहरुलाई सधैं कर्तव्यको बहानामा गरिरहनु पर्ने अनुत्पादक र समाजले कुनै महत्व नदिने कामले थिचिरहनेछ ।

आफुसंग भएको क्षमताको सदुपयोग गर्न खोज्नु हरेक व्यक्तीको प्राकृतिक चाहना हो । आफ्ना क्षमताहरु यसै खुम्चिएर नजाउन् भन्नका लागी घर बाहिरको काममा पनि व्यस्त हुने महिलाको संख्या बढ्दै गइरहेको छ हिजोआज ।त्यसो त परिवारमा आर्थिक सहजीकरणको लागी पनि महिलाहरु अर्थोपार्जनमा लाग्नुपर्ने आजको आवश्यकता पनि हो । तर महिलाको पेवा जसरी छुट्टयाइएका घरायसी कामले कामकाजी महिला दोहारो कामको मारमा पर्ने गरेका छन् । अफिसबाट घर फर्कन ढिलो भएमा छोराछोरी भोकाउलान् भन्ने पीर आमालाई नै हुन्छ ।

घर फर्कने वित्तिकै आमाको भने दास्रो जागीर शुरु हुन्छ भान्साको तर बाबुको भने आराम गर्ने समय हुन्छ त्यो । टि भि हेर्ने हो की, मोवाइल हेर्ने हो की , पत्रिका पढ्ने हो की, चोकमा गफ गर्न जाने हो की बाबुको आफ्नो खुशी । श्रीमती भन्दा श्रीमान पहिला अफिसबाट घर फर्के पनि कति खेर श्रीमती घर फर्केली र भान्सामा पस्ली भनेर कुर्न श्रीमानहरुलाइ कुनै अप्ठेरो महशुस हु“दैन । यद्यपी केही अपबाद भने नभएका होइनन् ।

यति धेरै जिम्मेवारी कुशलतापूर्वक निर्वाह गर्न सक्नु महिलाहरुको ठूलो खुबी हो । महिला नहुँदा घरको व्यवस्थापन कस्तो हुन्छ भन्ने कुरा जान्नको लागी हामीले हरेक महिनाको चार दिन अबलोकन गरे पुग्छ । यति हुँदाहुँदै पनि महिलाहरुले गर्दै आएका घरायसी कामको उचित मूल्यांकन नहुनु खेदपूर्ण छ । यो लेखको उद्देश्य महिला र पुरुषविच फाटो ल्याउनु कदापी होइन । तर यो कुरा सत्य हो की जबसम्म घरायसी काममा महिला र पुरुष दुबै सहभागी हुँदैनन् तबसम्म परिवर्तन असम्भव छ । परिवर्तन तबमात्र संभव छ जब व्यक्तीको चेतनाको ढोका खुल्छ । विवेक र चेतना प्रमाणपत्रले प्राप्त हुने कुरा होइन रहेछन् । यी कुराहरु बाल्यकालको सिकाइ र जिवनयापनको क्रममा अनुभवले सिकाउने रहेछ भन्ने कुरा मलाइ पनि मेरै अनुभवले सिकायो ।

यसै शिलशिलामा हाम्रा पाठ्यपुस्तकमा हामीले देख्दै र पढ्दै आएका चित्रहरुको र वाक्यहरुको स्मरण गर्न मन लाग्यो । सेतोपाटी अथवा कालोपाटीमा पढाउ“दै गरेको महिला शिक्षिकाको चित्र राखिने पुस्तकमा पुरुषले एप्रोन लगाएर भान्सामा पकाउ“दै गरेको किन राखि“दैन ? धारामा पानी थाप्दै गरेको पुरुषको चित्र किन राखि“दैन ? बाबुले बच्चालाइ खाना खुवाएको चित्र किन राखि“दैन ? सोफामा बसेर पत्रिका पढ्दै गरको कुनै आमाको चित्र किन राखि“दैन ? पुस्तक ज्ञान र चेतनाको श्रोत हो अनि परिवर्तनको संवाहक पनि ।

अझ पनि हामीले हाम्रा पाठ्यपुस्तकहरु उही पुरानै मानसिकताका खुराकहरुले भर्ने हो भने नयाँ पुस्तामा परिवर्तन कसरी आउँछ ? शिक्षण पेशासंग संलग्न रहेको कारणले पनि मैले बालमनोविज्ञान राम्रोसंग अध्ययन गर्ने मौका पाएकी छु । विभिन्न पेशासम्बन्धि सिकाइको क्रममा एउटी ६ बर्षीया बालिकाले सोधिन् , म्याम केटी त डाक्टर हुन्न है नर्स मात्र हुन्छ । डाक्टर त केटा मात्र हुन्छ । उनको यो जिज्ञासा पनि लै¨ीक विविधताको आधारमा पेशालाइ वर्गीकरण गरिएका पाठ्यपुस्तकको उपज हो ।

परिवर्तन समयको माग हो र यो हुनैपर्छ । जायज र आवश्यक विषयमा परिवर्तन हुन हाम्रो समाज जहिले पनि पछाडी छ । त्यसैले देश हरेक क्षेत्रमा पछाडी छ । लोग्नेलाई भान्से बनाएर समाज परिवर्तन हुन्छ र भन्ने गलत अर्थ पनि नलगाइयोस् । लेखको तात्पर्य यति मात्र हो की शारीरिक अक्षमता बाहेक अनुत्पादक र उत्पादक दुबै काममा महिला र पुरुषको समान सहभागीता गराउन सकियो भने दुबैले एक अर्काको भावना र समस्या बुझ्नेछन् र सामाजिक रुपमा परिवर्तन आई महिलाले पनि आत्मसम्मानको महशुस गर्न पाउनेछन् । जब समाज सानातिना कुरामा रुमल्लिदैन तब मात्र विकासको गतितिर अघि बढ्न सक्छ । सबैले आ आफ्नो तर्फबाट सकारात्मक सामाजिक परिवर्तनको शुरुवात गर्ने की ?नारी दिवसको अवसरमा सबैलाइ यो सानो आग्रह सहित शुभकामना ।

प्रिन्सिपल, बाल संसार पर्फेक्ट मण्टेश्वरी

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*