Home / Feature Breaking news / नारी दिवसः ‘खई था छैन बाबु’

नारी दिवसः ‘खई था छैन बाबु’

घोराही, २४ फागुन
विहीवार १०८ औँ नारी दिवश दाङ लगायत देशभर मनाईदैछ । दिवशको अवसरमा दाङ लगायत देशभर विभिन्न कार्यक्रमको आयोजना गरिएका छन् । विहीवार विहान घोराहीमा औपचारिक कार्यक्रम गरि यो दिवश मनाईएको छ । र्यालीदेखी भाषणभिषण गरेर यो दिवश मनाईयो । दिवश आयोजक मूल समितिको आयोजनाका कार्यक्रम भएको थियो । कार्यक्रममा महिला हक अधिकारका विषयमा चर्काचर्का भाषण पनि भए ।
औपचारिक कार्यक्रम सकिएपश्चात पत्रकारहरुको एक टोली श्रमीक महिलाहरुको विषयमा रिपोटिङकालागि अगाडी बढ्यो । घोराही बजार क्षेत्रमा एक स्थानमा घर बनाउने काम भईरहेको रहेछ । जहाँ महिला तथा पुरुषहरु काममा व्यस्त थिए । उनीहरु आफ्नै तालमा थिए । बेल्चा चलाउनेदेखी बालुवा, सिमेन्टका बोरा बोक्न मै व्यस्त थिए । त्यसमा महिलाहरु पनि थिए । उनीहरुको मेहनत पुरुषभन्दा कम थिएन । उनीहरुसँग कुराकानी गर्दा उनीहरु नारी दिवश भएपनि जे भएपनि काम त गर्नेपर्यो नि भन्दै काममै व्यस्त भए । खासै बोल्न चाहेनन् ।

त्यसपछि गिट्टी कुट्ने महिलाहरुको कथा व्यथाको बारेमा रिपोटिङ गर्न हामी लाग्यौ । घोराही बजारको नजिकै रहेको एक खोलाको किनारमा पुग्दा ६÷७ महिलाहरु आफ्नै तालमा कुरा गर्दै हतौडाले जोडजोडले हान्दै गिट्टी कुटिरहनुभएको थियो । हामीले फोटो खिच्नकालागि क्यामरा÷मोबाईल निकाल्नासाथ उहाँहरु कतिले नमस्ते गर्दै हास्नुभयो । केही महिला दिदीहरु भने हामीतिर ढाड फर्काएर बस्नुभयो । हामीले सोध्यौ किन उता फर्कनुहुन्छ त आमा ।

उहाँहरुको सोझो जवाफ थियोः तपाईहरुले खिचेर देखाईदिनुहुन्छ हाम्रा छोराछोरीले गाली गर्छन् । हामी छक्क पर्यौ आफ्नो श्रम गर्ने महिलाहरुको वास्तविकता आउदा पनि छोराछोरी सहन सक्दैनन् । तर उहाँहरुको बाध्याता छ काम नगरि खान नै पुग्दैन । १÷२ जना महिला भने खुलेरै कुरा गर्नुभयो । हामीले उहाँहरुको दैनिकीको बारेमा बुझ्यौ, उहाँहरुको आम्दानीको विषयमा घरपरिवारको विषयमा कुराकानी गर्यौ । औपचारिक कार्यक्रममा सिमित श्रमीक महिला दिवशको बारेमा जिज्ञासा राख्दै उहाँहरुलाई हाम्रो प्रश्न थियोः आज त नारी दिवशको हो रे नि है ? उहाँहरुको स्पष्ट जवाफ थियो खोई बाबु थाहा छैन । नारी दिवश चर्काचर्का नाराकासाथ मनाईरहदा उहाँहरुको उत्तरले हामीलाई मौन बनायो ।

नारी दिवश मनाईरहदा दाङका श्रमीक महिलाहरुलाई भने यो दिवशले छुन सकेन । औपचारिक कार्यक्रममै सिमीत यो दिवशको बारेमा आफूहरुलाई जानकारी नै नभएको श्रमीक महिलाहरुको भनाई छ । दिनभर श्रम गरेर घरपरिवार धान्दै आएमा महिलाहरु यो दिवशको बारेमा जानकारी नै नभएको बताउछन् ।

श्रमीक मजदुर महिलाहरु दिवशको दिनमा पनि कडा श्रम गर्न मै व्यस्त भेटिए । खोलाको किनारमा गिट्टी कुट्नेदेखी घर बनाउनकालागि खटिएका मजदुर महिलाहरु दिवशको दिनमा पनि अन्य दिनमा झै श्रम गर्नमै व्यस्त थिए । बर्षौदेखी मयो दिवश मनाईदै आएपनि श्रमीक महिलाहरुको हकमा भने यो दिवशले कुनै असर गरेको छैन । दिवश औपचारिक कार्यक्रम मै सिमीत हुदा श्रमीक महिलाहरुको समस्या भने ज्यूका त्यू छ । बन्द कोठाभित्र हुने श्रमीक दिवशका उनीहरु अनविज्ञ नै छन् ।

देशभर नारी दिवश मनाईरहदा श्रमीक महिलाहरुलाई दिवशको बारेमा कुनै चासो नै छैन, उनीहरु केवल साँझ विहानको छाक कसरी टार्ने चिन्ता मै हुन्छन् । महिलाको क्षेत्रमा काम गर्ने धेरै सरकारी तथा गैरसरकारी संघसंस्थाहरुले श्रमीक महिलाहरुलाई खासै देख्दैनन् । श्रमीक महिलाहरुको नाममा यस्ता संघसंस्थाहरुले करडौ बजेट सकिरहेका छन् तर उनीहरुको जिवस्तर भने जस्ताको तस्तै छ । जसले गर्दा उनीहरु खासै अपेक्षा पनि राख्दैनन्ः

नारी दिवश अर्थात श्रमीक महिला दिवश दाङमा पनि औपचारिक कार्यक्रम गरि मनाईएको छ । दिवश आयोजक मूल समितिको आयोजनामा दाङका विभिन्न स्थानमा औपचारिक कार्यक्रम गरि मनाईएको छ । औपचारिक कार्यक्रममा सिमित यो दिवशलाई श्रमीक महिलाहरुले पनि महशुस गर्ने गरि मनाउन र श्रमीक महिलाहरुको जिवनस्तर कसरी बलियो बनाउने भन्नेतर्फ सम्वन्धीत संघसंस्थाहरुको ध्यान जान आवश्यक छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*