घोराही,२३ असोज । लमही नगरपालिका वडा नम्बर ५ देउखुरी स्थीत गोरक्ष फ्रेण्ड्स युवा क्लव लमहीले बिजया दशमी तथा दिपावलीको अवसरमा खुला फुटवल प्रतियोगिता गर्ने भएको छ ।
प्रतियोगिता यहि असोज २९ गतेदेखि सुरु हुने भएको छ । खेल लिग चरणमा खेलाइने आयोजक क्वलले जानकारी दिएको छ । प्रतियोगितामा सहभागिताका लागि समुह दर्ता गर्ने अन्तिम मिति असोज २७ गते बेलुकी ४ बजेसम्म गरिसक्नुपर्ने आयोजकले बताएको छ ।
प्रतियोगितामा सहभागीका लागि क्लवहरुलाई प्रति क्वल ५ हजार पाँच सय रुपैयाँ शुल्क तोकेको छ । एमआरएम मैदानमा हुने फुटवल प्रतियोगितामा बिजेता क्वललाई नगद ५० हजार ५ सय ५५ रुपैयाँसहित मेडल र प्रमाणपत्र प्रदान गरिने भएको छ । त्यस्तै उपबिजेता क्वलले नगद २५ हजार ५ सय ५५ रुपैयाँसहित मेडल र प्रमाणपत्र प्राप्त गर्ने आयोजक क्वल गोरक्ष फ्रेण्ड्स क्वलले जनाएको छ ।