Home / Feature Breaking news / स्थानीय तहमा उमेदवार बन्न के हुनुपर्छ के हुनुहुदैन ?

स्थानीय तहमा उमेदवार बन्न के हुनुपर्छ के हुनुहुदैन ?

निर्वाचन आयोगले स्थानीय तहमा उमेदवार बन्न चाहनेहरुका लागि स्वघोषणा नियम सार्वजनिक गरेको छ ।

निर्वाचन आयोगले जारी गरेको सूचनामा यसअघिको संसदीय निर्वाचनमा प्रतिनिधिसभा वा प्रदेशसभामा समानुपातिकतर्फको बन्दसूचीमा नाम भएका व्यक्तिहरुले पनि उमेदवारी दिन नपाउने व्यवस्था गरेको छ ।

आयोगका सहप्रवक्ता सूर्यप्रसाद अर्यालका अनुसार उनीहरु सो स्थानमा अहिले पनि सम्भावित उमेदवार भएको हुँदा स्थानीय तहको निर्वाचनमा उमेदवार हुन पाउँदैनन् भनेर यो व्यवस्था गरिएको हो ।

त्यसैगरी सम्पत्ति विवरण उल्लेख गरिएको हुनुपर्ने, २१ वर्ष पूरा भएको नेपाली नागरिक हुनुपर्नेलगायतका विषय पनि स्वघोषणा गर्नुपर्ने भएको छ ।

ठेक्कापट्टामा संलग्नलाई पनि उमेदवार बन्न रोक लगाएको छ ।
यस्तो छ व्यवस्था–

–संविधानप्रति पूर्ण निष्ठावान

–२१ वर्ष उमेर पूरा, नेपाली नागरिक हुनुपर्ने

–पालिकाको सम्बन्धित वडाको मतदाता हुनुपर्ने

–कानुनले अयोग्य नभएको

–सरकारको तथा स्थानीय तहको अनुदानप्राप्त संस्थामा पारिश्रमिक वा सुविधा पाउने गरी बहाल नरहेको

–सरकारी पद धारण नगरेको

–उमेदवार कानुन बमोजिम सबै काजगात पेस गरेको हुनुपर्ने

–प्रतिनिधि सभा वा प्रदेश सभा सदस्यको समानुपातिक निर्वाचन प्रणाली तर्फको उमेदवारको बन्दसूचीमा नाम कायम नरहेको हुनुपर्ने

–सम्पत्ति विवरण ठीक साँचो भएको

–स्थानीय तहलाई कुनै जिन्सी वा नगदी बुझाउन बाँकी नरहेको

–कुनै स्थानीय तहको ठेक्कापट्टा वा चलअचल सम्पत्ति सम्बन्धि व्यवहार संलग्न नरहेको

–पेस्की बुझाउन बाँकी नरहेको

–कैद सजाय, जरिबाना बुझाउन बाँकी नरहेको

–खर्च सम्बन्धी आचरण पालना गर्न प्रतिबद्ध रहेको

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*