Home / Feature Breaking news / दशैको अवधीमा दाङमा ११ जनाको मृत्यु, यी हुन् मुख्य मुख्य घटना
फाईल तस्वीर

दशैको अवधीमा दाङमा ११ जनाको मृत्यु, यी हुन् मुख्य मुख्य घटना

दशैको अवधीमा दाङमा ११ जनाको मृत्यु भएको छ । कार्तिक ५ देखी ११ गतेसम्म भएका घटनाहरुलाई हेर्दा ११ जनाको विभिन्न कारणले मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दाङले जानकारी दिएको छ । जिल्ला प्रहरी कार्यालय दाङले सार्वजनिक गरेको तथ्यांक अनुसार यस अवधीमा ११ जनाको मृत्यु भएको देखिन्छ ।

मिति २०८०।०७।०५ देखि मिति २०८०।०७।११ गते सम्मको घटना विवरण :-

मानिस मृत्यु

मानव सेवा आश्रमममा मानिस मृत्यु :- मिति २०८०।०१।१६ गते जि. रूपन्देही गैडहवा नगरपालिका वडा नं. ८ मैनिहवा चोकबाट उद्धार गरी मिति २०८०।०६।२५ गते जि. दाङ तुलसीपुर उपमहानगरपालिका वडा नं. ६ गाईडर स्थित मानव सेवा आश्रम तुलसीपुर,दाङमा ल्याई बस्दै गरेकि नामथर वतन नखुलेकि बर्ष अं.६५/७० कि गैरी मानव (आश्रमले राखेको नाम) महिलाको आज मिति २०८०।०७।०४ गते साँझ १८:३५ बजे सोही मानव सेवा आश्रममा आफ्नै काल गतिले मृत्यु भएको ।

पानीमा डुवी मृत्यु, पर्सेनी दाङ :- मिति २०८०।०७।०५ गते १४:३० बजे जिल्ला दाङ राजपुर गा.पा. १ देउखुरी घर भई हाल तुलसीपुर उ.म.न.पा. ७ ग्वारखोला स्थित हिरा कुवर मामाको घर आएको सुन्तली खड्काकी छोरी बर्ष ७ की समिक्षा खड्का निजको मामा घर देखि ६०० मिटर पुर्व दक्षिण पर्ने ग्वारखोलामा नुहाउन गएको र पौडी खेल्ने क्रममा पानीमा डुबी मृत्यु भएको भनि खबर प्राप्त हुनासाथ उक्त स्थानमा अस्थाई प्रहरी पोष्ट पर्सेनी र ई.प्र.का तुलसीपुर दाङबाट टोली खटिई गई उक्त मृत्तक लाशको उद्दार गरि प्रारम्भिक अनुसन्धान, लाशलाई पोष्टमार्टम पश्चात आफन्तलाई जिम्मा लगाईएको ।

सर्रा, दाङ :- मिति २०८०/०७/०६ गते १०:१५ बजे जि.दांङ घोराही उ.म.न.पा.१६ बाहुन डाँडा बस्ने बर्ष ३५ को  राजु नेपाली ( सशस्त्र प्रहरी बल नेपाल नं. ४१ रिजर्भ गण चन्द्रौटा, कपिलबस्तु हाल अर्जुन खोला लमही, दाङमा दरबन्दी भई कार्यरत सशस्त्र प्रहरी जवान ) आफ्नै घर नजिक रहेको कच्ची शौचालयमा टिसर्टले घाटीमा कसी घाईते भई पल्टिएको अबस्थामा निजको आफन्तले देखि तत्काल उपचारको लागी राप्ती स्वास्थ्य बिज्ञान प्रतिष्ठान घोराही, दाङमा उपचारको क्रममा ऐ. ११:२५ बजे मृत्यु भएको । प्रारम्भिक अनुसन्धान, लाशलाई पोष्टमार्टम पश्चात आफन्तलाई जिम्मा लगाईएको ।

लमही, दाङ:- मिति २०८०।०७।०६ गते ०८:३० बजे जि. दाङ लमही न.पा. ८ सतबरिया स्थित  सानी आमा सिता पौडेलको घरमा पाहुना आएकी जि. प्युठान प्युठान न.पा. ८ जेदवाङ बस्ने धुर्ब राज गिरीको छोरी बर्ष १६ कि अस्मिता गिरीले शरिरको वाँया भाग दुखेको भनि ऐ.१०:०० बजे कृर्पा मेडिकल हल लमही, दाङमा सामान्य उपचार पश्चात थप उपचारको लागी लमही अस्पताल लमही, दाङमा उपचारको क्रममा ऐ. १३:२० बजे मृत्यु भएको ।

अमिलीया, दाङ मृत अवस्थामा मानिस फेला परेको:– मिति २०८०।०७।०७ गते १६:१५ बजे जि. दाङ लमही न.पा.९ अमिलिया चोक स्थित यात्रु प्रतिक्षालयमा बेवारीसे अवस्थामा नामथर वतन खुल्न नआएको बर्ष अं.४०/४५ को पुरुष ब्यक्ति मृत्यु भएको घटनामा प्रारम्भिक अनुसान्धान कार्य पुरा गरी लाश पोष्टमार्टमको लागी राप्ती स्वास्थ्य बिज्ञान प्रतिष्ठान घोराही, दाङमा रहेको ।

 

चंगुवा, दाङ :-मिति २०८०।०७।०६ गते १८:०० बजे जि. दाङ राजपुर गा.पा.६ गंगटी स्थित सडकमा पुर्वबाट पश्चिम तर्फ गईरहेको साइकलले विपरीत दिसाबाट पैदल आइरहेका ऐ.ऐ. बस्ने बर्ष ६५ को जयराम चौधरी ठोकिन जाँदा घाइते भई स्थानीय मेडिकलमा सामान्य उपचार पश्चात थप उपचारको लागी लमही अस्पताल लमही, दाङमा उपचार पश्चात डिस्चार्ज भई घर गएकोमा मिति २०८०।०७।०८ गते अं. ०१:०० बजे निज ब्यक्तीको मृत्यु भएको । प्रारम्भिक अनुसन्धान कार्य पछी मृत्तक लमही अस्पताल लमही, दाङमा पोष्टमार्टम पश्वात लाश आफन्तलाई जिम्मा लगाईएको ।

बिजौरी, दाङ :- मिति २०८०।०७।०८ गते १५:०० बजे जि. दाङ तुलसीपुर उ.म.न.पा. १८ ऐसेलु टोल बस्ने बर्ष ४८ को भक्त बहादुर बुढा अबेरसम्म घर नआँउदा खोजतलास गर्ने क्रममा घर देखि अं. १०० मिटर पुर्व झाडीमा लडिरहेको अवस्थामा फेला पारि घर ल्याउने क्रममा मृत्यु भएको । प्रारम्भिक अनुसन्धान, लाशलाई पोष्टमार्टम पश्चात आफन्तलाई जिम्मा लगाईएको ।

 

तुलसीपुर, दाङ :- मिति २०८०।०७।०९ गते १०:५० बजे जिल्ला दाङ तुलसीपुर उ.म.न.पा.६ गाईडर स्थित मानव सेवा आश्रममा नामथर वतन नखुलेको ( मानसिक स्थिति ठिक नभएको ) मानदिल भनि बोलाउने बर्ष अं.१९।२० को पुरुष ब्यक्ति बिगत २ बर्ष देखि  उक्त मानवसेवा आश्रममा बस्दै आएकोमा खाना खान उठाउन जादा मृत अवस्थामा रहेको भन्ने खबर पश्चात प्रारम्भिक कार्य पुरा गरी लाश पोष्टमार्टमको लागी राप्ती प्रादेशिक अस्पताल तुलसीपुर, दाङको शव गृहमा राखेको ।

तुलसीपुर, दाङ:- मिति २०८०।०७।०९ गते १५:३० बजे जिल्ला दाङ तुलसीपुर उ.म.न.पा. ६ गाईडर बस्ने बर्ष ४१ को कमलराज लावत ऐ. स्थित सब्जीमण्डी नजिकै बर- पिपलको रुख मुनि अचेत अवस्थामा लडी रहेको खबर प्राप्त हुनासाथ प्रहरी टोली खटिगई निजको आफन्तलाई खबर गरे पश्चात तत्काल निजको भाई दुर्गा राज लावतले उपचारको लागि राप्ती प्रादेशिक अस्पताल तुलसीपुर दाङ पुर्याएकोमा उपचारको क्रममा मृत्यु भएको ।

घोराही, दाङ :- मिति २०८०।०७।०९ गते १७:३० बजे जिल्ला दाङ घोराही उ.म.न.पा.१८ रझेना बस्ने बर्ष ३२ को लालु चौधरी आफ्नै घरमा बेहोस भई तत्काल उपचारको लागी राप्ती स्वास्थ्य बिज्ञान प्रतिष्ठान घोराही दाङमा ल्याई उपचारको क्रममा मृत्यु भएको ।

 

 

 

सवारी दुर्घटना:-

 

अम्बिकेश्वरी, दाङ :- मिति २०८०/०७/०४ गते विहान १०:३० बजे जि .दाङ घोराही उ.म.न.पा.-१८ अम्बिकेश्वरी मन्दिरमा बाग्मती प्रदेश ०१-०२८ च. ९१६० नं. को कारले पुजा गर्ने ( टायर मुनि कागती राखी कार अगाडी बढाउने ) क्रममा मन्दिरका पुजारी ऐ. बस्ने बर्ष ६१ को नेत्र प्रकास ढकाललाई ठक्कर दिदा दाहिने हात र खुट्टामा चोट लागी घाईते भई उपचारको लागी राप्ती स्वास्थ्य बिज्ञान प्रतिष्ठान घोराही दाङमा पठाईएकोमा उपचार पश्चात डिस्चार्ज भएको ।

घोराही, दाङ :- मिति २०८०/०७/०४ गते १२:३० बजे जि. दाङ घोराही उ.म.न.पा. १४ दुरसंचार नजिक रा ३ प ८५७६ नं.को मोटरसाईकलले पैदल यात्री ऐ.३ झिङ्नी बस्ने बर्ष ३४ की माया कुमारी चौधरीलाई ठक्कर दिदा घाईते भई उपचारको लागी राप्ती स्वास्थ्य बिज्ञान प्रतिष्ठान घोराही, दाङमा पठाईएकोमा घाईते फलोअपमा रहेको ।

 

कमिरेचौर, दाङ :- मिति २०८०/०७/०४ गते १२:२५ बजे जि. दाङ बङ्लाचुली गा.पा. ५ झेल खोला नजिक मुर्कुट्टिबाट झेलखोला तर्फ आउदै गरेको रा १ ह २४०१ नं. को अटो आफै अनियन्त्रित भई बाटोबाट अं. ५०० मिटर तल खसी अटोमा सवार ५ जना घाईते भई उपचारको स्वास्थ्य चौकी लोहार पानी कमिरेचौर, दाङमामा सामान्य उपचार पश्चात थप उपचारको लागी राप्ती स्वास्थ्य बिज्ञान प्रतिष्ठान घोराही, दाङमा पठाईएकोमा अटोमा सवार जि. दाङ बङ्लाचुली गा.पा. ५ बस्ने बर्ष ५० को दिवा बुढाको उपचारको क्रममा ऐ.१५:५० बजे मृत्यु भएको ।

घाईतेहरु:-

१. जि. दाङ बङ्लाचुली गा.पा. ५ बस्ने बर्ष ३५ को मोति राम बुढा उपचार पश्चात डिस्चार्ज ।

२. ऐ.बस्ने बर्ष २० को रिखिराम बुढा उपचार पश्चात डिस्चार्ज ।

३. ऐ.बस्ने बर्ष २६ को हिरा घर्ती उपचार पश्चात डिस्चार्ज ।

४. ऐ.बस्ने बर्ष ४० को मान बहादुर बुढा उपचार पश्चात डिस्चार्ज ।

बेलुवा, दाङ:-  मिति २०८०।०७।०४ गते १३:०० बजे जिल्ला दाङ तुलसीपुर उ.म.न.पा. ८ दोघरे चोक नजिक कट्कुइयाबाट तुलसीपुर तर्फ आउदै गरेको रा ६ प ८५३२ नं. को मो.सा. र बिपरीत दिशाबाट जादै गरेको रा ६ प ८२९५ नं. को मो.सा. एक आपसमा ठक्कर खाँदा रा ६ प ८५३२ नं. को मो.सा. चालक जिल्ला दाङ तुलसीपुर उ.म.न.पा.९ नयाँबस्ती बस्ने बर्ष १८ को कमल खड्का घाईते भई उपचारको लागी राप्ती प्रादेशिक अस्पताल तुलसीपुर, दाङमा पठाईएकोमा उपचार पश्चात डिस्चार्ज भएको ।

बेलझुण्डी, दाङ ;- मिति २०८०।०७।०४ गते दिनको १३:३० बजे जिल्ला दाङ तुलसीपुर उ.म.न.पा. १७ बेलझुण्डी स्थित घोराहीबाट तुलसीपुर तर्फ जादै गरेको लु ८५ प २४५१ नं. को मो. सा. ले पैदल यात्री जिल्ला सल्यान कपुरकोट गा.पा.४ धनबाङ बस्ने बर्ष अं.६० की च्याउसी घर्तीलाई ठक्कर दिँदा घाईते भई उपचारको लागी राप्ती प्रादेशिक अस्पताल तुलसीपुर, दाङमा उपाचार पश्चात नेपालगंज नरसिङ होम कोहालपुरमा उपचार भईरहेको ।

तुलसीपुर दाङ -मिति २०८०।०७।०४ गते १८:२० बजे जि. दाङ तुलसीपुर उ.म.न.पा. १२ एयरपोर्ट नजिक तुलसीपुर बाट अमिलिया तर्फ जादै गरेको भे १२ प ६०२२ नं. को  मो.सा. र  बिपरीत दिशा बाट आईरहेको रा १ प ७९३८ नं.को मो.सा. एकआपसमा ठोकिन जाँदा रा १ प ७९३८ नं. को मो.सा.चालक जि.दाङ तुलसीपुर उ.म.न.पा. १२ रजेनी बस्ने बर्ष ३४ को रेशम चौधरी ( मा.प.से. गरेको ) घाईते भई राप्ती प्रादेशिक अस्पताल तुलसीपुर दाङमा उपचार पश्चात डिस्चार्ज भएको ।

 

सिसहनिया, दाङ:-मिति २०८०।०७।०४ गते रातको २०:५५ बजे जि. दाङ राप्ती गा.पा. ७ बर्का सिसहनिया स्थित भित्री सडक खण्डमा सिसहनिया बजारबाट नदि पारी गढवा गा.पा.३ तर्फ जादैँ गरेको रा १ ह ६०४५ नं. को अटो आफै अनियन्त्रित भई दुर्घटना हुदा निम्न स्थान बस्ने निम्न मानिसहरु घाईते भई स्थानिय स्वास्थ्य चौकी सिसहनिया, दाङमा सामान्य उपचार पश्चात थप उपचाको लागी सबै घाईतेहरु बुटवल रिफर भएको ।

घाईतेहरु:-

(१) अटो चालक जि.दाङ राप्ती गा.पा. ५ लठहवा बस्ने वर्ष ३७ को कमल चौधरीको मार्सिटी अस्पताल बुटवलमा उपचार भईरहेको ।

(२) अटोमा सवार जि. दाङ गढवा गा.पा.३ माधवपुर बस्ने वर्ष ४५ कि अनिता चौधरीको चितवन मेडिकल कलेजमा उपचार भईरहेको ।

(३) अटोमा सवार ऐ.ऐ. बस्ने वर्ष ५० कि शिउकुमारी चौधरी उपचार पश्चात डिस्चार्ज भएको ।

(४) अटोमा सवार जि.दाङ राप्ति गा.पा.५ सिसहनिया बस्ने रगुबिर चौधरीको छोरी वर्ष ९ की निसिका चौधरीको मार्सिटी अस्पताल बुटवलमा उपचार भईरहेको ।

 (५) अटोमा सवार जि. दाङ राप्ति गा.पा. ४ मौरीघाट बस्ने वर्ष ३२ को मंगल प्रसाद चौधरीको मार्सिटी अस्पताल बुटवलमा उपचार भईरहेको ।

जसपुर, दाङ :-मिति २०८०।०७।०४ गते २१:१५ बजे जि. दाङ तुलसीपुर उ.म.न.पा.११ बन्गै स्थित तुलसीपुरबाट बेलगनार तर्फ जादै गरेको रा १ ह २८७४ न. को अटो आफै अनियन्त्रित भई पल्टिन जादा अटो चालक ऐ. ११ बेलगनार बस्ने बर्ष ४० को तेज लाल चौधरी घाईते भई राप्ती प्रादेशिक अस्पताल तुलसीपुर, दाङमा उपचार पश्चात नेपालगंज नरसिङ होम कोहालपुरमा उपचार भईरहेको ।

चङगुवा, दाङ :- मिति २०८०।०७।०५ गते २३:०० बजे जि. दाङ राजपुर गा.पा. ५ नौसरा चोक स्थित जंग्रहवाबाट नौसरा तर्फ आउदै गरेको लु २ त २२१३ नं.को धान बोकेको टेक्टर र विपरीत दिशाबाट आउदै गरेको रा १ ह २९४५ नं.को अटो एक-आपसमा ठक्कर खाँदा निम्न स्थान बस्ने निम्न व्यक्तिहरु घाइते भई लमही अस्पताल लमही दाङमा ल्याई उपचार भइरहेको, दुबै सवारी साधन नियन्त्रणमा ।

घाइतेहरु:-

१) अटो चालक जि.दाङ राजपुर गा.पा. ५ जंग्रहवा बस्ने बर्ष २१ को निराजन भण्डारी उपचार पश्चात डिस्चार्ज ।

२) अटोमा सवार ऐ.ऐ. बस्ने बर्ष ४५ को जाथरुन उपचार पश्चात डिस्चार्ज ।

३) अटोमा सवार ऐ.ऐ. बस्ने बर्ष १८ की सहिना खातुन उपचार पश्चात डिस्चार्ज ।

४) अटोमा सवार ऐ.ऐ. बस्ने बर्ष २५ को रुक्सा खातुन उपचार पश्चात डिस्चार्ज ।

हापुर, दाङ :- मिति २०८०/०७/०६ गते अं.११:४५ बजे जि.दाङ घोराही उ.म.न.पा.१२ साईपुर चोकमा रा ६ प ३९०० नं.को रोकि राखेको मो.सा.मा नारायणपुरबाट घोराही तर्फ जादै गरेको रा ६ प ७४८० नं.को स्कुटी ठोकिन जादा निम्न ब्यक्तिहरु घाईते भई उपचारको लागी राप्ती स्वास्थ्य बिज्ञान प्रतिष्ठान घोराही,दाङमा पठाईएको,उक्त स्थानमा प्र.स.नि.किस्मत बुढा (९८६६१७१२७७) को कमाण्डमा ३ जनाको टोली खटिगएको,दुबै सवारी साधन र मो.सा.चालक ऐ.८ बेलुवा बस्ने बर्ष २१ को सौगात रावत प्रहरीको नियन्त्रणमा रहेको,दुबै चालकले मा.प.से.नगरेको,कागजपत्र साथमा नभएको,अं.२ कि.मि.दक्षिण पर्ने अन्य वि.वि.पछि ।

घाईतेहरु:-

१. स्कुटी चालक जि.घोराही उ.म.न.पा.१३ बसपार्क बस्ने बर्ष अं.४५ की मन कुमारी खत्रीको अनुहार,हात र खुट्टामा चोट,अबस्था मध्यम ।

२.स्कुटी पछाडी सवार निजको छोरी बर्ष अं.२० की प्रमिला के.सी.को वाँया हातमा चोट,अबस्था मध्यम ।

खिलतपुर, दाङ :- मिति २०८०।०७।०६ गते १७:०० बजे जिल्ला दाङ बबई गा.पा. ६ बेलबार चोक स्थित पन्चकुले देखि चौपारी तर्फ जाँदै गरेको रा २ प ९५४३ नं. को मो.सा. ले पैदल यात्री ऐ.ऐ. ६ कटकुया बस्ने बर्ष ७१ को इन्द्र ब. डाँगीलाई ठक्कर दिँदा घाईते भई राप्ती लाईफ केयर अस्पताल तुलसीपुर दाङमा उपचार भईरहेको, उक्त मोटरसाईकल नियन्त्रणमा, चालक ऐ.ऐ. बस्ने बर्ष २१ को राज रोका फरार खोजतलास कार्य भईरहेको ।

 

तुलसीपुर,दाङ:- मिति २०८०/०७/०६ गते १९:५५ बजे जिल्ला दाङ तुलसीपुर उ.म.न.पा.६ स्थित स्टार बोर्डिङ स्कुल नजिक तुलसीपरबाट जसपुर तर्फ जाँदै गरेको भे २ प ४१६० नं.को मो.सा. ले पैदल यात्री ऐ.११ बस्ने बर्ष ७० को पुठे दमाई र सोही मो.सा. चालक जि. दाङ तुलसीपुर उ.म.न.पा.६ बस्ने बर्ष ५० को तेज बहादुर कार्की घाईते भई राप्ती प्रादेशिक अस्पताल तुलसीपुर, दाङमा उपचार पश्चात डिस्चार्ज भएको ।

ग्वारखोला दाङ:- मिति २०८०।०७।०६ गते २२:३० बजे जिल्ला दाङ तुलसीपुर उ.म.न.पा.१२ पुकार पसल स्थित रझेना बाट तुलसीपुर तर्फ जादै गरको  रा ३ प २३४८ नं. को मो.सा. ले बाटोमा रोकी राखिएको नम्बर नखुलेको मो.सा. मा ठोकिन उक्त  मो.सा. मा सवार ऐ. १० गोलौरी बस्ने बर्ष ४४ को शेर बहादुर चौधरी र ऐ.ऐ बस्ने बर्ष २५ को तेज बहादुर वली घाईते भई राप्ती प्रादेशिक अस्पताल तुलसीपुर दाङमा ल्याई उपचार भईरहेको । उक्त मो.सा. र चालक जि. दाङ तुलसीपुर उ.म.न.पा.१२ पुकार पसल बस्ने बर्ष २५ को सुरेश के.सी. प्रहरीको नियन्त्रणमा ।

 

लमही दाङ :- मिति २०८०।०७।०७ गते रातको ०२:४५ बजे जि. दाङ लमही न.पा.४ बलरामपुर स्थित लमही-गढवा सडक खण्डमा लमहीबाट गढवा तर्फ जाँदै गरेको रा २ प २२७१ नं. को मो.सा. आफै अनियन्त्रित भई पल्टन जाँदा मो.सा.चालक जि. दाङ गढवा गा.पा.५ बस्ने बर्ष ३० को अनुप चौधरी र ऐ.ऐ.बस्ने बर्ष २६ को बेचेन चौधरी घाईते भई लमही अस्पताल लमही दाङमा ल्याई उपचार भईरहेको ।

बिजौरी दाङ :- मिति २०८०।०७।०७ गते १३:१५ बजेको समयमा जि. दाङ तुलसीपुर उ.म.न.पा. १८ हेमन्तपुर स्थित तुलसीपुरबाट घोराही तर्फ जादै गरेको लु. ९२ प ८३९२ नं. को मो.सा. र बिपरीत दिशा बाट आउदै गरेको  रा ४ प ९३३७ नं. को स्कुटर एक- आपसमा ठोकिदा मो.सा.चालक जि.दाङ तुलसीपुर उ.म.न.पा.१७ दुधरास बस्ने बर्ष १९ को प्रशान्त चौधरी र स्कुटर चालक तुलसीपुर उ.म.न.पा.१८ बस्ने बर्ष ३८ को डिल्ली बस्नेत घाईते भई राप्ती प्रदेशिक अस्पताल तुलसीपुर दाङमा उपचार पश्चात नर्सिङहोम नेपालगंज बाँकेमा थप उपचार भइरहेको ।

मसुरीया दाङ:- मिति २०८०।०७।०७ गते १५:४५ बजे जि. दाङ राप्ती गा.पा. ४ श्रीनारायण चोक स्थित पुर्व बाट पश्चिम तर्फ जाँदै गरेको रा ३ प ५४७७ नं. को मो.सा. ले साईकल यात्री जिल्ला दाङ राप्ती गा.पा.४ बस्ने वर्ष ६० को लेटर गिरीलाई ठक्कर दिदा घाईते भई स्थानिय सुनौलो मेडिकल मसुरिया दाङमा उपचार पश्चात डिस्चार्ज भएको ।

बेलझुण्डी, दाङ :-मिति २०८०।०७।०७ गते १६:०० बजे जि.दाङ तुलसीपुर उ.म.न.पा. १८ मनिकापुर स्थित बेलझुण्डीबाट मनिकापुर तर्फ जादै गरेको भे ५ प ७६८० न.को मो.सा. र बिपरीत दिशा बाट आउदै गरेको रा ५ प १०८९ न.को मो.सा. एक- आपसमा ठोक्किदा निम्न स्थनमा बस्ने निम्न ब्यक्तिहरु घाईते भई राप्ती प्रादेशिक अस्पताल तुलसीपुर दाङमा ल्याई उपचार भईरहेको ।

 घाईतेहरु:-

१) रा ५ प १०८९ न.को मो.सा. चालक जि. दाङ तुलसीपुर उ.म.न.पा. १८ बस्ने बर्ष ४१ को मनपति चौधरी घाईते भई राप्ती प्रादेशिक अस्पताल तुलसीपुर दाङमा सामान्य उपचार पश्चात सिटि हस्पिटल तुलसीपुर दाङमा उपचार भईरहेको ।

२) भे ५ प ७६८० नं. को मो.सा. चालक ऐ.ऐ. बस्ने बर्ष २३ को सन्तोष नेपाली ऐ.१७:५० बजे डिस्चार्ज भएको ।

३) सोही मो.सा.पछाडी सवार ऐ.ऐ. बस्ने  बर्ष १९ को बिशाल नेपाली ऐ.१७:५० बजे डिस्चार्ज भएको ।

रामपुर दाङ :- मिति २०८०।०७।०७ गते अं.१७:३० बजे जि.दाङ घोराही उ.म.न.पा.२ चरेखोला स्थित सिमलटार बाट रामपुर तर्फ आउँदै गरेको रा ३ प ३३४९ नं. को स्कुटीले पैदल यात्रीलाई ठक्कर दिँदा स्कुटी चालक जि. दाङ घोराही उ.म.न.पा.२ बस्ने बर्ष ४५ को जिबलाल नेपाली र पैदल यात्री ऐ.२ बस्ने बर्ष २५ की पवित्रा राना  घाईते भई उपचारको लागी राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान घोराही दाङमा उपचार पश्वात पैदल यात्री पवित्रा राना उपचार पश्चात डिस्चार्ज भएको र मो.सा. चालकलाई थप उपचारका लागि नेपालगंज  पठाईएको ।

चिराघाट, दाङ :– मिति २०८०।०७।०८ गते १५:०० बजे जि. दाङ शान्तिनगर गा.पा. ४ जुम्लिकुला स्थित जुम्लिकुलाबाट नयाँ बस्ती तर्फ जादै गरेको रा ३ प ४२८४ नं. को मो.सा. ले ऐ.१ अमुवा घर भई ऐ.ऐ. बस्ने कृष्ण उपाध्यायको छोरा बर्ष ३ को प्रविन उपाध्यायलाई ठक्कर दिँदा घाईते भई राप्ती प्रादेशिक अस्पताल तुलसीपुर, दाङमा ल्याई सामान्य उपचार पश्चात नर्सिङ होम नेपालगंज बाँकेमा उपचार भईरहेको । मो.सा. चालक ऐ.ज्यामिरे बस्ने बर्ष २४ को प्रदिप बि.क. प्रहरीको नियन्त्रणमा ।

 

 

नर्ती, दाङ :- मिति २०८०।०७।०८ गते १५:३० बजेको समयमा जि. दाङ लमही न.पा. १ नर्ती स्थित पुर्वबाट पश्चिम तर्फ जादै गरेको बा.प्र.०१-०२६ च ७१७३ नं.को कारले साईकल यात्रीलाई ठक्कर दिँदा साईकल यात्री जि. दाङ गढवा गा.पा. ३ बस्ने बर्ष ३७ को महेश चौधरी घाईते भई लमही अस्पताल लमही दाङमा उपचार भईरहेको, कार चालक जि. ललितपुर गोदावरी न.पा.१४ बस्ने बर्ष ३२ को राज किशोर चन्द उपचारमा संलग्न ।

 

धारापनी, दाङ:- मिति २०८०।०७।०८ गते १९:२० बजे जि. दाङ घोराही उ.म.न.पा.१७ कर्जाई स्थित घोराहीबाट धर्ना तर्फ जाँदै गरेको रा २ प ४६९६ नं.को मो.सा. मा सवार ऐ.५ बस्ने बर्ष ५३ को लेख ब. डाँगी उक्त मो.सा. बाट खस्न गई घाईते भई राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान घोराही, दाङमा उपचार भईरहेको । निजको उपचारमा मो.सा. चालक ऐ. ५ बस्ने बर्ष ५० को काशिराम घर्ती संलग्न रहेको ।

पुरन्धारा, दाङ :- मिति २०८०।०७।०८ गते २१:०० बजे जि. दाङ बबई गा.पा.३ पटेरी स्थित कालीमाटीबाट पटेरी तर्फ आउदै गरेको रा ४ प ४६४९ नं. को मो.सा. लाई सोही दिशाबाट आउदै गरेको क.प्र. ००१ च ०२०७ नं. को बलेरोले ठक्कर दिँदा मो.सा. चालक ऐ. ४ हापुरे बस्ने बर्ष अं.३० को गणेश बि.क. घाईते भई राप्ती प्रादेशिक अस्पताल तुलसीपुर, दाङमा उपचार पश्चात नर्सिङहोम नेपालगंज बाँकेमा उपचार भईरेहेको । बलेरो चालक जि. सुर्खेत भेरीगंगा न.पा. ५ बस्ने बर्ष २७ को टिकाराम बाठामगर प्रहरीको नियन्त्रणमा ।

लमही,दाङ : मिति २०८०।०७।०९ गते ११:३० बजे जिल्ला दाङ लमही न.पा.३ टिकुलीगढ स्थित पश्चिमबाट पुर्ब तर्फ जाँदै गरेको नंम्बर नखुलेको NS 200 CC को कालो रङ्को मो.सा. ले पैदल यात्री जि. दाङ घोराही उ.म.न.पा. ७ पर्सा घर भई लमही न.पा.३ टिकुलीगढ मामा घरमा आएकी बर्ष ५३ कि देवा पुन मगरलाई ठक्कर दिँदा घाईते भई लमही अस्पताल लमही, दाङमा ल्याई उपचार पश्चात राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान घोराही, दाङमा थप उपचार भईरहेको । फारार रहेको मो.सा. र चालकको खोजतलास भईरहेको ।

उरहरी जसपुर दाङ :- मिति २०८०/०७/०९ गते ११:४५ बजे जिल्ला तुलसीपुर उ.म.न.पा.११ उरहरी चोक स्थित बखरीयाबाट तुलसीपुर तर्फ आउदै गरेको गरेको रा १ ह ५२९४ नं. को अटो र बेलटाकुरा बाट सितलपुर तर्फ जादै गरेको रा ३ प ८७७१ नं.को मो.सा. एक आपसमा ठक्कर खाँदा निम्न स्थान बस्ने निम्न व्यक्तिहरु घाईते भई राप्ती प्रादेशिक अस्पताल तुलसीपुर, दाङमा ल्याई उपचार भईरहेको, दुबै सवारी साधन प्रहरीको नियन्त्रणमा रहेको ।

घाईतेहरु:-

१. अटो चालक जिल्ला दाङ तुलसीपुर उ.म.न.पा.१३ बखरिया बस्ने बर्ष १८ को गौरब पाण्डे उपचार पश्चात डिस्चार्ज ।

२.अटोमा सवार ऐ.१२ हरी पौरा बस्ने बर्ष २७ को बिशाल चौधरी  उपचार पश्चात डिस्चार्ज ।

३.मो.सा. चालक ऐ. अम्बापुर बस्ने बर्ष १८ को प्रकाश चौधरी उपचार पश्चात डिस्चार्ज ।

४.मो.सा. मा सवार ऐ.१४ बस्ने बर्ष ४० की सपना चौधरी उपचार पश्चात डिस्चार्ज ।

५.ऐ.ऐ. बस्ने बर्ष १९ को बाबुराम चौधरी उपचार पश्चात डिस्चार्ज ।

मलवार, दाङ:-  मिति २०८०।०७।०९ गते १३:३० बजे जिल्ला दाङ तुलसीपुर उ.म.न.पा. १५ धमकापुर स्थित मलवार बाट तुलसीपुर तर्फ जाँदै गरेको रा १ ह  २४१६ नं. को अटोले पैदल यात्री ऐ.१६ ललौरा घर भई हाल ऐ.१५ धमकापुर मामाघर आएको बर्ष ३ को सम्रित चौधरी लाई ठक्कर दिदा घाईते भई राप्ती प्रादेशिक अस्पताल तुलसीपुर दाङमा सामान्य उपचार पश्चात नेपालगंज मेडिकल कलेज कोहलपुर बाँकेमा उपचार भईरहेको । अटो चालक जिल्ला दाङ तुलसीपुर उ.म.न.पा. १३ भित्तावाङ बस्ने बर्ष २७ को यज्ञ सिंह ठकुरी र अटो प्रहरी नियन्त्रणमा ।

तुलसीपुर, दाङ :- मिति २०८०।०७।०९ गते २२:३० बजे जि. दाङ तुलसीपर उ.म.न.पा. १२ राप्ती बबई क्यापस नजिकै गुम्राह चोक बाट राप्ती बबई क्याम्पस तर्फ जादै गरेको रा.६ प ६०२९ नं.को मो.सा. ले पैदल यात्री जि. प्युठान ऐरावती गा.पा. ५ बस्ने बर्ष ३८ को गोबिन्द के.सी.लाई ठक्कर दिँदा घाईते भई राप्ती प्रादेशिक अस्पताल तुलसीपुर दाङमा ल्याई सामान्य उपचार पश्चात थप उपचारको लागी नेपालगंज बाँके रिफर, फरार रहेका मोटरसाईकल चालकको खोजतलास भईरहेको मो.सा. प्रहरीको नियन्त्रणमा ।

आगलागी:‍-

दुईखोली,दाङ मिति २०८०/०७/०४ गते ११:४५ बजे जि. दाङ घोराही उ.म.न.पा.१९ चरीवाङ बस्ने बर्ष अं.२२ को रुग बहादुर बुढाथोकीले आफ्नै खरले छाएको कच्ची घरमा चुरोट खाने क्रममा एक्कासी आगलागी भएको भनी खबर प्राप्त हुना साथ प्रहरी चौकी दुईखोली दाङबाट टोली खटिई गई उक्त आगो स्थानिय र प्रहरीको सहयोगमा ऐ. १३:३० बजे नियन्त्रणमा आएको, उक्त आगलागीमा रु.६,००,०००।– ( छ लाख ) बराबरको क्षेति भएको तर मानविय तथा चौपाया क्षेति नभएको ।

 

घाँटी रेटी घाईते

सतबरिया दाङ:- मिति २०८०।०७।०८ गते १७:२० जि. दाङ लमही न.पा. ७ कप्तानगञ्ज बस्ने बर्ष २५ की निरम चौधरी (मानसिक सन्तुलन ठिक नभएको ) ले आफ्नै छोरी दिन १६ की नवजात शिशुलाई तरकारी काट्ने चक्कुले घाँटीमा रेटी घाईते बनाएको हुँदा उपचारको लागि लमही अस्पताल लमही दाङमा उपचार पश्चात राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान घोराही, दाङ  मा ल्याईएकोमा घाईते शिशुलाई थप उपचारको लागि लुम्बिनी प्रादेशिक अस्पताल बुटवल तर्फ लगेको । निज महिला निरम चौधरीलाई प्रहरीको निगरानीमा राप्ती प्रादेशिक अस्पताल दाङमा उपचार भईरहेको ।

लागू औषध सहित मानिसहरु नियन्त्रणमा

घोराही दाङ:- मिति २०८०।०७।०८ गते १६:०० बजे जिल्ला दाङ घोराही उ.म.न.पा. १८ गुम्बाटोल बस्ने बर्ष २४ को बिनायक बुढामगरले आफ्नै घरमा लागु औषधको कारोबार गरी रहेको सुचनाको आधारमा प्रहरी टोली खटिई निज बिनायक बुढामगर बस्दै आएको कोठामा निज सहित जिल्ला दाङ तुलसीपुर उ.म.न.पा.७ घर भई हाल ऐ. घोराही उ.म.न.पा.१४ बसपार्क बस्ने बर्ष २१ को महेन्द्र बि.क. , ऐ.ऐ.१३ डुम्मरगाउँ बस्ने बर्ष २५ को पट्टु भन्ने सन्दिप घर्तीमगर, ऐ.ऐ. १३ बडहरा बस्ने बर्ष २५ को आकाश बि.क. जना ४ र कोठामा रहेको काठको खाटमा बिनायक बुढामगरले लगाउने गरेको निलो रङ्गको जिन्स पाईन्टको खल्तीमा रातो रङ्गको प्लाष्टिकको पुडिया बनाई बेरेर राखेको ६ वटा पुडिया (क्वाटर) प्लाष्टिक सहित तौल गर्दा ५५० मिलिग्राम र प्लाष्टिक हटाई तौल गर्दा शुद्ध तौल २८० मिलिग्राम लागु औषध ( खैरो हिरोईन ) जस्तो देखीने पदार्थ फेला पारी थप अनुसन्धान कार्य भई रहेको ।

घोराही, दाङ: मिति २०८०।०७।१० गते बेलुका अं.१८:०० बजेको समयमा जिल्ला दाङ घोराही उ.म.न.पा.१० नारायणपुर बजार स्थित लागु औषध ( खैरो हिरोईन ) को कारोबार गरी रहेको सुचनाको आधारमा जिल्ला प्रहरी कार्यालय दाङबाट खटिएको प्रहरी टोलीले चेकजाँच गर्ने क्रममा जिल्ला दाङ घोराही उ.म.न.पा.१० डोक्रेना चोक स्थित रा ६ प ७३५० नम्बरको स्कुटी चालक जिल्ला दाङ घोराही उ.म.न.पा.११ नमुनाटोल बस्ने बर्ष २१ को सन्दिप वुढाथोकी र सोही स्कुटीमा सवार रहेका ऐ.ऐ. ११ परिवर्तन टोल बस्ने बर्ष ३१ को सोमराज बि.क. लाई खानतलासी गर्दा निज सन्दिप बुढाथोकीले लगाएको कालो रङ्गको ट्राउजरको दाहिने अगाडीको खल्तीमा रातो रङ्गको प्लाष्टिकले बेरी २ वटा पुडिया बनाई राखेको प्लाष्टिक सहित तौल गर्दा १ ग्राम १३० मिलिग्राम र प्लाष्टिक हटाई तौल गर्दा ८५० मिलिग्राम लागु औषध ( खैरो हिरोईन )  जस्तो देखिने पदार्थ बरामद गरी निज दुवै जनालाई नियन्त्रणमा लिई पुन: मिति २०८०।०७।११ गते निज सोमराज बि.क. को घर खानतलासी गर्दा निजको घर कोठा भित्रबाट रातो रङको प्लाष्टिकले बेरी राखेको प्लाष्टिक सहित तौल गर्दा १ ग्राम १० मिलिग्राम र प्लाष्टिक हटाइ तौल गर्दा २० मिलिग्राम लागु औषध ( खैरो हिरोईन ) जस्तो देखिने पदार्थ बरामद गरी थप अनुसन्धान कार्य भईरहेको ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*