Home / Feature Breaking news / आश्रमको मेची–महाकाली यात्रीलाई दाङमा स्वागत

आश्रमको मेची–महाकाली यात्रीलाई दाङमा स्वागत

देउखुरी, १३ कात्तिक ।

मानव सेवा आश्रमको मेची–महाकाली यात्राको टोलीलाई लुम्बिनी प्रदेशको राजधानी राप्ती उपत्यका देउखुरीमा स्वागत गरिएको छ । प्रदेश अर्थमन्त्री धनबहादुर मास्कीले टोलीलाई स्वागत गरेका हुन् । त्यस अवसरमा मन्त्री मास्कीले सडक मानव मुक्त अभियानमा लुम्बिनी प्रदेश सरकार साथमा रहेको बताए । सडकमा बस्नु रहर नभई बाध्यता भएकाले त्यसलाई सबै मिलि निराकरण गर्नुपर्ने मन्त्री मास्कीको भनाई छ ।
मानव सेवा आश्रमका अध्यक्ष रामजी अधिकारीसहितको टोलीले मेची–महाकाली यात्रा गरिरहेको छ । ‘यस वर्षको चाडपर्वमा कसैले बस्न नपरोस् सडकमा’ भन्ने मूल नारासहित पूर्व मेची पूलबाट सुरू अभियान अन्तर्गत दसैँभर आईतबार १५ औं दिनमा दाङ आईपुगेको हो ।
मानव सेवा आश्रम र आनी छोइङ डोल्मा फाउण्डेसनको संयुक्त आयोजनामा असोज २७ गतेदेखि सुरू भएको ‘मेची–महाकाली राष्ट्रिय उद्धार यात्रा–२०८०’ आईतबार दाङ आएको हो ।

चर्चित गायिका आनी छोइङ डोल्मासँगै मानव सेवा आश्रमका सदस्यहरुसहित अभियानमा रहेका टोलीले सडकमा बेसहारा, अशक्त, असहाय, अभिभावकविहीन, मानसिक तथा सामाजिक रूपमा कमजोर सडकआश्रित मानवलाई उद्धार गर्दै आएको छ ।

मानव सेवा आश्रमले देशका २४ वटा सेवाकेन्द्रबाट हालसम्म १ हजार ६ सय बढीको उद्धार गरी आश्रमको व्यवस्था गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*