Home / Feature Breaking news / तीव्र बन्दै कांग्रेसको जागरण अभियान

तीव्र बन्दै कांग्रेसको जागरण अभियान

दाङ, ३१ भदौ

नेपाली कांग्रेसको जागरण अभियान अन्तरगत दाङमा पनि कार्यक्रमहरु सञ्चालन भईरहेका छन् । अभियान अन्तरगत हरेक वडाहरुमा कार्यकर्ता भेटघाट एवं छलफल कार्यक्रम तीव्र गतिमा भईरहेको अभियानको प्रचारप्रसार समितिका संयोजक कमानसिंह भारतिले जानकारी दिनुभयो ।

भदौ २४ गते दशभर रहेका प्रदेश निर्वाचन क्षेत्रमा वृक्षारोण गरेर सुरु गरिएको अभियान अन्तरगत दाङका ६ वटा प्रदेश निर्वाचन क्षेत्रमा दैनिक कार्यक्रमहरु भईरहेको उहाँले जानकारी दिनुभयो ।

जनता, मतदाता र पार्टिका सबै निकाय÷तहका पदाधिकारी, सदस्य एवं शुवेच्छुकहरुबीच जिवन्त सम्पर्क र समन्वय कायम गरि पार्टिलाई सकृय र सुदृढ पार्ने उद्धेश्यले अभियानको आयोजना गरिएको नेपाली कांग्रेस केन्द्रिय समितिले निर्णय अनुसार ‘हिमाल, पहाड, तराई–मधेस नेपाली कांग्रेस राष्ट्रिय जागरण अभियान’ भन्ने मूल नाराकासाथ सुरु भएको अभियान अन्तरगत दाङ निर्वाचन क्षेत्र नम्बर २ को प्रदेश निर्वाचन क्षेत्र ‘ख’ को कार्यक्रम मंगलवार घोराही उपमहानगरपालिका वडा नम्बर ११ को टारीमा सम्पन्न भएको छ । क्षेत्रीय सभापति कमल गौतमको अध्यक्षता एवं केन्द्रिय प्रतिनीधी धुव्रराज पुरीको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा बोल्ने वक्ताहरुले नेता एवं कार्यकर्ताहरुबीच भावनात्मक एकता आवश्यक भएको बताएका थिए । पार्टिभित्र एकआपसमा मतभेद त्यागेरस पार्टिका हितमा लाग्न सहभागीहरुले नेताहरुलाई अनुरोध गरेका थिए ।

कार्यक्रममा दाङ निर्वाचन क्षेत्र नम्बर २ का सभापति भुपबहादुर डाँगी, क्षेत्रीय सचिव बद्रिकुमार खड्का, नेपाली कांग्रेसका जिल्ला सदस्य बालिका लम्साल, क्षेत्रीय सदस्य घना डिसी, नेपाली कांग्रेसका त्रिपुर सभापति दिपक पाण्डे, क्षेत्रीय प्रतिनीधी निर्मलकुमार न्यौपानेले मन्तव्य राख्नुभएको थियो । कार्यक्रमको सहजिकरण सेवकराम आचार्यले गर्नुभएको थियो ।

अभियान अन्तरगत घोराही निर्वाचन क्षेत्र नम्बर २ ‘क’ को कार्यक्रम घोराहीमा मंगलवार सम्पन्न गरेको छ । नेपाली काग्रेज दाङ क्षेत्र नम्बर २ ‘क’ का सभापति गिरीराज सुवेदीको अध्यक्षता एवं नेपाली कांग्रेस दाङका पुर्व सभापति विरकेशरी गौतमको प्रमुख आतिथ्य रकेन्द्रिय प्रतिनिधि उमा दाहाल को विशिष्ठ आतिथ्यमा कार्यक्रम भएको कार्यक्रममा सहभागीहरुले नेपाली कांग्रेसको साँखलाई बचाउनालकालागी लाग्न सबै लाग्नुपर्ने बताएका र्थि । पार्टिको निती र एजेण्डालाई आत्मसाथ गर्दै नेता कार्यकर्ताहरु लाग्न आवश्यक रहेको सहभागीहरुको भनाई थियो ।

पार्टि एकता, सरकारले गरेका कमजोरीहरु र पार्टिका सिद्धान्तहरु जनतामाझ स्पष्ट रुपमा पु¥याउन आवश्यक रहेको सहभागीहरुले बताएका थिए । कार्यक्रममा बोल्दै प्रमुख अतिथि विरकेश्वरी गौतमले काग्रेस भित्र रहेको गुट अन्त्य गरेर प्रत्यक कांगे्रसका व्यक्तिले प्रत्यक दिन पार्टीका लागि १ घण्टा छुट्याउनुपर्ने बताएका थिए ।

नेपाली कांग्रेस दाङ निर्वाचन क्षेत्र नम्बर २ का सभापति भुपबहादुर डाँगी, घोराही उपमहानगरपालिका वडा नम्बर १५ का इकाइ प्रकाश श्रेष्ठ, घोराही उपमहानगरपालिका वडा नंम्बर १५ का अध्यक्ष रमेशकुमार पाण्डेय, कांग्रेस दाङका पूर्व सचिव धुर्वकुमार ज्ञवाली, महिला संघका महाधिवेशन प्रतिनीधी पुष्पा श्रेष्ठ, घोराही १५ का सदस्य दुर्गा नेपाली लगायतले पार्टी र संगठनलाइ बलियो बनाएर लैजानुपर्नेमा जोड दिएका थिए ।

कार्यक्रममा सुनिलकुमार देवकोटा, दिलिपकुमार डिसी, शिशीर अधिकारी, रामबहादुर वादी, निर्मला गौतम लगाएतले भनाई राख्नुभएको थियो । प्रकाश देबकोटाको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रमको सहजीकरण नेपाली कांग्रेसका घोराही उपमहानगरपालिका वडा नम्बर १५ का ईकाइ सह–सचिव रजिव उल्लाह खानले गरेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*