Home / Feature Breaking news / पाण्डवेश्वरीमा विश्वकर्मा पूजा, मृतकको परिवारलाई आर्थिक सहयोग

पाण्डवेश्वरीमा विश्वकर्मा पूजा, मृतकको परिवारलाई आर्थिक सहयोग

घोराही, १ असोज

पाण्डवेश्वरी यातायात प्रालिले विश्वकर्मा पूजाको अवसरमा एक कार्यक्रम सम्पन्न गरेको छ । प्रालिले एक कार्यक्रमका साथ प्रालिका सवारी साधनहरु एकमुष्ट रुपमा पूजा गरेर विश्वकर्मा पूजा गरेको हो ।

प्रालिका अध्यक्ष सरोज शाहको अध्यक्षता एवं प्रदेश सांसद अमरबहादुर डाँगीको प्रमुख आतिथ्य र प्रालिका सल्लाहकार एवं नेपाली कांग्रेसका क्षेत्रीय सभापति भुपबहादुर डाँगीको विशिष्ठ आतिथ्यमा कार्यक्रम भएको थियो ।

त्यस अवसरमा जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी नायव उपरिक्षक विनोविक्रम शाह, जिल्ल ट्राफिक प्रहरी कार्यालय दाङका प्रहरी नायव निरिक्षक उत्तमकुमार जिसी लगायतले शुभकामना मन्तव्य राख्नुभएको थियो ।

71030071_930191180684519_6571449380497260544_n

कार्यक्रममा उपस्थितलाई सुनिलकुमार वलीले स्वागत गर्नुभएको थियो भने वरिष्ठ उपाध्यक्ष केशव परियारले धन्यवाद ज्ञापन गर्नुभएको थियो । कार्यक्रमको सहजिकरण प्रालिका ईञ्चार्ज तिरजपति बुढाले गर्नुभएको थियो ।

त्यस अवसरमा सवारी दुर्घटनामा परि ज्यान गुमाएका प्रालिका सवारी चालक चन्द्रबहादुर परियारको परिवारलाई आर्थिक सहयोग गरेको छ । असार २१ गते बड्डाँडामा भएको दुर्घटनामा परि ज्यान गुमाएका चालक चन्द्रबहादुर परियारको परिवारलाई २५ हजार ५ सय सहयोग गरेको हो ।

सो चेक उनको श्रीमति सविना नेपालीलाई हस्तान्तरण गरिएको थियो । प्रालिका पदाधिकारी, कर्मचारी एवं अन्य चालकहरुको सहयोगमा सो रकम सहयोग गरिएको प्रालिका अध्यक्ष सरोज शाहले जानकारी दिनुभयो ।

70431576_585465015680721_5784086466736947200_n

कार्यक्रममा जिल्ला ट्राफिक प्रहरी कार्यालय दाङका प्रहरी नायव निरिक्षक उत्तमकुमार जिसीले ट्राफिक नियमबारे प्रशिक्षण दिनुभएको थियो । चालकहरुले सवारी साधन चलाउदा ध्यान दिनुपर्ने विषयमा उहाँले चालकहरुलाई जानकारी गराउनुभएको हो ।

यसैबीच त्रिसिद्धेश्वरी राप्ती यातायात प्रालिले पनि विश्वकर्मा पूजाका अवसरमा कार्यक्रम सम्पन्न गरेको छ । घोराही शाखाले घोराही विश्वकर्मा पूजा गरेको हो । प्रालिका वरिष्ठ उपाध्यक्ष भरतनाथ योगीको अध्यक्षता एवं प्रमुख जिल्ला अधिकारी गोविन्दप्रसाद रिजालको प्रमुख आतिथ्यमा कार्यक्रम भएको थियो ।

त्यस अवसरमा विश्वकर्मा पूजा र दुर्घटना न्यूनिकरण सम्वन्धमा आध्यात्म र भौतिक विज्ञानको सम्बन्धमा डा. लोकराज पराजुलीले जानकारी दिनुभएको थियो । कार्यक्रममा प्रालिका सल्लाहकार युवराज शर्मा, उपाध्यक्ष मानबहादुर डाँगी र प्रालिका पूर्व सचिव भरत श्रेष्ठले मन्तव्य राख्नुभएको थियो । यस्तै स्वर्गद्धारी टिप्पर प्रालिले पनि विश्वकर्मा पूजाको अवसरमा कार्यक्रम गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*