Home / Feature Breaking news / दाङमा आजदेखि सवारीसाधनमा जोर–विजोर लागु

दाङमा आजदेखि सवारीसाधनमा जोर–विजोर लागु

दाङ,११ भदौ । दाङमा आजदेखि सवारीसाधनहरुमा जोर–विजोर नम्वर लागु भएको छ । केही दिन पहिले बसेको जिल्ला कोरोना संकट व्यवस्थापन समितिले गरेको निर्णय अनुसार आजदेखि जिल्लामा जोर–विजोर नम्वर लागु भएको हो ।

बजारमा भीडभाडका कारण कोरोना संक्रमणको जोखिम बढ्दै गएपछि भीडभाडलाई कम गर्न सार्वजनिक तथा निजी सवारीसाधनमा जोर–बिजोर प्रणाली लागु गर्ने गर्ने निर्णय भएको हो । त्यही अनुसार दाङमा जोर–विजोर प्रणाली लागुका लागि प्रहरीले कडाई गरेको छ ।

जोर–विजोर प्रणालीलाई कडाईका साथ पालना गराउन प्रहरी लागि रहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । जोर–विजोर प्रणालीलाई लागु नगरि विहिवार विहान चलेका केही गाडीलाई प्रहरीले निण्न्त्रणमा समेत लिएको थियो । उनीहरुलाई सचेत गराएर छोडेको प्रहरीले बताएको छ ।

प्रहरीले जोर–विजोर प्रणाली लागु गर्न कडाई गरेपछि सार्वजनिक यातायातका साधनहरुमा यात्रुहरुको चाप देखिएको छ । जोर–विजोर नम्वर लागुभएपछि चल्ने सवारीसाधनमा कमी आएपछि सवारीसाधनमा यात्रुहरुहरुको चाप बढेको हो । जसले गर्दा कोरोनाको झन जोखिम बढाउने काम गरेको यात्रुहरुले गुनासो गरेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*