Home / समाचार / भगवती माविमा बक्तृत्वकला प्रतियोगिता

भगवती माविमा बक्तृत्वकला प्रतियोगिता

घोराही २१ जेठ । घोराही उपमहानगरपालिका वडा नं. १९ को होडबाङमा रहेको श्री भगवती माध्यामिक विद्यालयले जातिय भेदभाव तथा छुवाछुत उन्मुलन दिवसका अवसरमा मंगलवार खुल्ला बक्तृत्वकला प्रतियोगिता सम्पन्न गरेको छ ।

‘जातिय भेदभाव तथा छुवाछुत उन्मुलनमा विद्यार्थीको भुमिका’ विषयक बक्तृत्वकला प्रतियोगिता सम्पन्न गरेका हो । प्रतियोगितामा कक्षा ९ का छात्रा बिपना घर्ति प्रथम, कक्षा १० का छात्र टिका रावत द्धितीय, कक्षा १० का छात्र तेजेन्द्र पुन तृतीय र कक्षा ७ का अपांग छात्र प्रकाश घर्तिमगर सान्त्वना भएका थिए । प्रतियोगितामा ११ जना विद्यार्थीको सहभागिता रहेको थियो । बिजयी प्रतियोगीहरुलाई कार्यक्रमका प्रमुख अतिथि र विशिष्ट अतिथिले कापी र कलम पुरस्कार प्रदान गरेका थिए ।

student

विद्यालयका प्रअ देवीबहादुर घर्तिमगरको अध्यक्षता तथा घोराही उपमहानगरपालिका वडा नं. १९का वडाध्यक्ष हर्कबहादुर घर्तिमगरको प्रमुख आतिथ्यता एव सैघा स्वास्थ्यचौकीका इन्चार्ज चित्रबहादुर वलीको विशिष्ट आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको थियो । कार्यक्रमको सहजीकरण कक्षा दशका विद्यार्थीहरु तुलसी पुनमगर र तीर्थराज घर्तिले गरेका थिए । प्रतियोगिताको निर्णायकमा विद्यालयका शिक्षकहरु बिरबहादुर चौधरी, श्रीकृष्ण सुवेदी र खिमाकुमारी पुन रहेका थिए ।

सोही अवसरमा महिवारी स्वच्छता सम्वन्धी अभिमुखीकरण तथा स्यानीटरी प्याड वितरण गरिएको थियो । घोराही उपमहानगरपालिकाको सहयोगमा सैघा स्वास्थ्यचौकीले विद्यालयमा अध्ययनरत कक्षा ६ देखि १०सम्मका एक सय ५० जना छात्राहरुलाई तीन सय स्यानीटरी प्याड विद्यालयलाई हस्तान्तरण गरेको थियो । सोही अवसरमा महिनावारी सम्वन्धी र स्यानीटरी प्याडको प्रयोगका बारेमा स्वास्थ्यचौकीका इन्चार्ज चित्रबहादुर वलीले जानकारी गराएका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*