Home / समाचार / नागेश्वर मन्दिरसँगै विपन्न परिवारलाई सहयोग

नागेश्वर मन्दिरसँगै विपन्न परिवारलाई सहयोग

घोराही,२६ असोज । घोराही उपमहानगरपालिका १८ स्थीत महादेब पार्बती मन्दिर परिसरमा राहत बितरण गरिएको छ ।

घोराही १८ स्थीत दिपज्योती टोलमा जन्मिहुकेका हाल कर्मथलोको रुपमा अमेरिका बनाउद्यै बसेका हिरु कुवरले नागेश्वर पार्वती मन्दिर तथा विपन्न बालबालिकाहरुलाई सहयोग गरिएका हुन ।

उनले पठाएको ७० हजार मध्य १५ हजार रुपैया मन्दिर व्यवस्थापनका लागि र बाँकी ५५ हजार रकमबाट बिपन्न १० परिवारलाई नगद रु ३८०० , १ बोरा चामल, १ लिटर तेल, १ प्याकेट नुन वितरण गरिएको हो ।

रकम पठाइ सहयोग गर्ने सहयोगी हिरु कुवरका हजुर आमा हिमाकुमारी कुवरको अध्यक्षतामा भएको कार्यक्रममा घोराही उपमहानगरपालिका वडा न १८ का अध्यक्षभरतमणि अर्याल , वडा सदस्य कृष्ण बहादुर घर्ति, मन्दिर व्यवस्थापन समितिका अध्यक्ष ज्ञानबहादुर रायमाझी, कुवर समाजका अध्यक्ष लालमणी कुवर, समाजसेवी मानबहादुर बिकलगायतले मन्तव्य व्यक्त गरेका थिए ।

कार्यक्रमको सचालन नागेश्वर महादेब पार्बती मन्दिर व्यवस्थापन समितिका सचिव यज्ञराज खत्रीले गरेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*