दाङ,६ जेठ । घोराही उपमहानगरपालिका वडा नं. ५ मा लैंगिक समानता विषयक एक दिने तालिम सम्पन्न भएको छ । वडाध्यक्ष बिष्णुमणि दाहालको अध्यक्षता तथा घोराही उपमहानगरपालिका उपप्रमुख सिता सिक्देल न्यौपानेको प्रमुख आतिथ्यतामा भएको सचेतनामुलक तालिम गरिएको हो ।
तालिमको उद्घाटन गर्दैै उपप्रमुख न्यौपानेले समृद्ध समाज निर्माणका लागि महिला र पुरुषका विचमा समनता ल्याउन आवश्यक रहेको बताएका थिए । पुरुष र महिलाहरुका विचमा असमानता हुदाँ परिवार तथा समाज समृद्धि हुन नसक्ने समेत उनको भनाई रहेको थियो ।
तालिमको प्रशिक्षकमा घोराही उपमहानगरपालिका प्रमुख प्रशासकिय अधिकृत ऋषिराम केसी, घोराही उपमहानगरपालिका महिला तथा सामाजिक विकास शाखाका मोती विश्वकर्मा,नेपाल पत्रकार महासंघ दाङ शाखा कोषाध्यक्ष आरके शीतल, प्रहरी चौकी सर्राका इन्चार्ज जोखबहादुर विकलगायतले मन्तव्य व्यक्त गरेका थिए ।
तालिमको सहजीकरण वडा सचिव लक्ष्मण अधिकारीले गरेका थिए । तालिममा वडाका विभिन्न टोलका महिलाहरुको सहभागिता रहेको थियो ।