Home / Feature Breaking news / राप्तीमा डुङगा चलाएर मासिक ३० हजार

राप्तीमा डुङगा चलाएर मासिक ३० हजार

लिलाधर वली

दाङ,९ बैशाख । देउखुरी लमही नगरपालिका ६ मध्यनगर निवासी खुशु चौधरीको दैनिक राप्तीमा नदिनमा वित्ने गरेको छ । मध्यनगर भएर आउने जाने सयौँमानिसहरुलाई डुङगावाट नदि तार्दिनु नै खुशुुको दैनिक हो । नदि तार्दिए बाफत उनले प्रत्येक मानिसहरुससँग २० रुपैयाँ र मोटरसाईकल,स्कुटरलगाएतको ४० रुपैया लिने गरेका छन । त्यही डुङगावाट आएको आम्दानीवाट घरखर्च चलाउदै आएका छन ।

खुशुले राप्ती नदिमा डुङगा चलाएर दैनिक १५ सयसम्म कमाउने गरको बताउछन । त्यो पैसावाट परिवारको खर्च चलाउने गरेको उनको भनाई छ । ‘घरको सामान्य अवस्था भएकाले घर खर्चका लागि अन्य कुनै श्रोत छैन,यहि डुङगा नैै हो’, उनले भने,‘ यहिवाट आएको पैसाले परिवारको खर्चदेखि केटाकेटीको पढाई खर्च उठ्ने गरेको छ ।’ उनले ढुङगा चलाएर मासिक ३० हजार बढि नै कमाउने गरेको बताए । त्यसका साथै मानिसहरु नभएका बेला राप्ती नदिमा माछा समेत मार्ने गर्छन । माछा मारेरपनि केही कमाई हुने गरेको उनको भनाई छ ।

मध्यनगरवाट राप्तीपारीका बेला, भोजपुर, खैरी, झारवैरा, लक्षिनपुरलगाएतका गाउहरुवाट मानिसहरु लमही बजार आउने गर्दछन । यता राप्तीवारी मध्यनगर गाउँलगाएत लमही बजारसम्मका मानिसहरु उक्त बाटो भएर नै हिड्ने गरेको छन । विगत दुई दशक अघिदेखि राप्ती नदिमा डुङगा चलाउउदै आएका खुशुका अनुसार पछिल्लो समय डुङगा चढ्ने मानिसहरुमा कमि आएको बताउछन ।

dungaराप्ती नदिको विभिन्न स्थानमा पुल निर्माण भएपछि डुङगा चढ््ने मासिहरुमा समेत कमि आएको उनले वताए । उसो तँ उनले बषौदेखि डुङगा चलाउदै आएका स्थान मध्यनगरमै झोलुङगे पुल बन्न थालेको छ । झोलुङगो पुल निर्माणसँगै आफनो पेसा नै सिधिने समेत उनमा चिन्ता छ । आफनो पुरानो हुदै गएको डुङगा मर्मत समेत नगरेको उनले बताए । ‘ यहाँ पनि झोलुङगे पुल निर्माण हुदै छ’, उनले भने,‘पुल निर्माण भएपनि डुङगाको काम छैन ।जसका कारण डुङगा पानी चुहिने भएपनि मर्मत गर्न मन छैन ।’ उनको अनुसार नयाँ डुङगा बनाउन ५० हजारसम्म लाग्ने गरेको छ ।

पानी चुहिने डुङगा नदिमा चलाउनु जोखिम भएपनि राम्रो आम्दानी हुने गरेको खुशु बताउछन । ‘अहिलेसम्म घर खर्चको माध्यम नै यहि डुङगा बनेको छ,अरु केही काम गरौ भने सिप छैन’,उनले भने,‘ त्यसैले डुङगा पुरानो पानी चुहिने भएपनि चलाउदै आएको छु ।’ आजभोली राप्ती नदि सानो भएकाले चुहुने डुङगा भएपनि फरक पर्दैन तर नदि ठुलो भएको बेला पल्टने वा डुव्ने जोखिम हुने गरेको उनले वताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*