Home / समाचार / क्यान्सर पिडीत विद्दार्थीलाई हिन्दु विद्दापीठकाे सहयाेग

क्यान्सर पिडीत विद्दार्थीलाई हिन्दु विद्दापीठकाे सहयाेग

घाेराही, १० जेठ

घोराही ७ पर्सा निवासी १५ वर्षीया क्यान्सर पिडीत बालीकालाई आज हिन्दू विद्यापीठ नेपाल विद्यालयले आर्थिक सहयोग गरेको छ । हिन्दू विद्यापीठ नेपालमा कक्षा ८ मा अध्ययनरत छात्रा नारायणी घर्तीलाई विद्यालयले ४४ हजार ५ सय ४५ रुपीया सहयोग गरेको हो । विद्यालयका विद्यार्थाी तथा शिक्षक शिक्षीका बाट १७ हजार ५ सय ४५ र विद्यालय बाट २७ हजार गरि जम्मा ४४ हजार ५ सय ४५ रुपीया सहयोग गरीएको विद्यालयका सह प्रधान्अध्यापक मधुसुदन पन्तले जानकारी दिनु भएको छ । विद्यालयका सह प्रधानअध्यापक पन्तले पिडीत परिवारलाई उक्त रकम हस्तान्तरण गर्नु भएको हो । साथै विद्यालयले आगामी पढाईको लागी पिडीत छात्रा बाट शुल्क नलीले विद्यालयका प्रधानअध्यापक डा भोलानाथ योगीले जानकारी दिनु भयो । पिडीत बाललीकाको चितवन क्यान्सर हस्पीटलमा उपचार भै रहेकोले आर्थिक सहयोग गरिदिनुहुन विद्यालय परिवारले सवैमा अनुरोध गरेको छ । आफनो आर्थीक समस्या रहेको र डाक्टरले बालीकाको अप्रेसन गर्नु पर्ने भनेकोले सवैलाई सहयोग गरी बालीकाको ज्यान बचाई दिनुहुन पिडीत बालीकाकी आमा भगबती घर्तीले सवैमा अनुरोध गर्नु भएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*