Home / साहित्य विशेष / आँखा देख्न छाडेको सरकार…

आँखा देख्न छाडेको सरकार…

मनोज मौसम के सी (जापान)

देखेन सरकारले मजदुरको आसु देखेन
पिडा दु:ख भोक ति मजदुरको केही देखेन
हजारौ किलोमिटर हिडिरहेका यात्रिको
खाली खुट्टा पनि देखेन
ति खाली खुट्टामा बोकेको भारी देखेन
साना साना नानीको टोलाएको आँखा देखेन
अह !सरकार ले केही देखेन

देख्नै चाहेनन गरीबहरुको भान्सा कोठा
जुन भान्सा रित्याएर कुनै बेला
सत्ता प्राप्तीका लागि बल निकालेका ति
अहिलेका कथित राजनेता पनि

देखेन सरकारले बिरामी देखेन
बिरामीको लागि बोकेको ओखती देखेन
लामो यात्रा गरेर बिरामी भेट्न् अस्पताल हिंडेकाहरुको
छट्पटाइ देखेन
पीडैपिडाको आलो घाउमा मलमको साटो
अन्धाधुन्द लठ्ठी बर्साएको पनि देखेन

म सोचिरहेछु ति गर्भबति महिला
जुन आजभोलि खाली पेट सयौ किलोमिटर को
पैदल यात्रा तय गरेकी छिन
उनको पेटको बच्चा लाई के था बिचरा
बाहिर आजभोलि साह्रै कस्ट छ
अनी उनलाई जन्म दिने आमा पनि साह्रै कस्टमा
छिन भनेर

तर पनि सरकार भनिरहेछ आँखामा पट्टि बाधेर बारम्बार
सबैले टन्न खान पाएका छन
सडक मा अलपत्र कोही छैनन
सबैको घरमा चुलो बलिरहेकै छ

म आँफैलाई प्रश्न गर्छु ??????
साच्चै यि कुराहरु सत्य हुन्थ्यो भने कति जाति हुनेथियो है ।।
म कहिलेकाही सोच्छु
चुनावमा घरघर मतदाता खोज्ने नेताहरु
अहिले सडकमा भोकै हिंडेका मतदाता किन नचिनेका होलान
पार्टीका कार्यकर्ता बोकेर बस्ती बस्ती छिर्ने गाडीहरु
अहिले बिचरा मजदुरलाई उनको गन्तब्यमा पुर्याउन किन नसकेको होला ????

धनी गरीबको भोट चाँही बराबर चल्ने मेरो देशमा
कुन दिन होला अधिकार पनि बराबर चल्ने ?
कहिले सम्म होला गरीब भएकै कारण
सरकार बाट आफुलाई दोस्रो दर्जाको नागरिक महसुस गर्ने ??

म सोच्थे अहिले सम्म सरकार कान नसुन्ने छ
तर कान मात्र होइन रहेछ आँखा पनि देख्न छोडेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*