घोराही,२२ असोज । दाङको हापुरमा आगलागिबाट पीडित परिवारलाई घोराही उपमहानगरपालिकाले खाद्यान्न र कपडा सहयोग गरेको छ । घोराही उपमहानगरपालिका–११ हापुर हिकमपुरका हरिबहादुर बिकको घरमा ग्यास चुहिएर शुक्रबार आगलागि भएको थियो ।
उपमहानगरपालिकाका उप मेयर सीता न्यौपाने, उपमहानगरको बाताबरण तथा विपद व्यवस्थापन समितिका संयोजक शक्तिराम डाँगी, वडा नम्बर ११ का अध्यक्ष कुलबहादुर लामीछाने, उपमहानगरका शाखा अधिकृत शुबोध रेग्मी, मेयरका प्रेस संयोजक निमुसंगम घर्तीले आईतबार पीडित परिवारलाई खाद्यान्न र ब्ल्यांकेट प्रदान गरेका थिए । अग्नि पीडितलाई चामल, तेल, नुन, दाल, स्वयाबिन, नमकिन, विस्कुट र दुई वटा व्ल्यांकेट उपमहानगरले पीडितलाई सहयोग गरेको हो ।
आगलागिबाट घरमा रहेका अन्नपात, लत्ताकपडा, गरगहना र नागरिकता एवं लालपूर्जा जलेर नष्ट भएको पीडित बिकले जानकारी दिए । शरिरमा रहेको कपडा बाहेक अन्य कुनै पनि बस्तुहरु बचाउन नसकेको पीडितले बताए । चार जनाको परिवार रहेको विकको परिवार आफन्तको घरमा आश्रय लिएर बसेका छन् ।
