Home / मनोरञ्जन / लिटिल मिस दाङ हुने

लिटिल मिस दाङ हुने

दाङ,१९असार । बालबालिकाहरुमा अन्तर्निहित प्रतिभाको प्रस्फुटन तथा उनीहरुको क्षमता र नेतृत्व विकासमा टेवा पुर्‍याउने उद्देश्यले पहल नेपाल र उत्सर्ग फिल्मस् नेपालको संयुक्त आयोजनामा लिटिल मिस दाङ २०२१ प्रतियोगिता शुरु भएको छ ।

कार्यक्रमका संयोजक केएल पीडितका अनुसार यस प्रतियोगितामा ६ देखि १३ वर्षका बालिकाहरुले भाग लिन पाउनेछ्न् । प्रतियोगितामा दुई उमेर समूहमा प्रतिष्पर्धा हुनेछ ।

अनलाइन अडिसन लिइने यस प्रतियोगितामा सहभागी हुन २०७८ असार ३१ गते भित्र आफ्नो नाम, उमेर, ठेगाना, रुचि, उद्देश्य र संपर्क नम्बर खुलाएर Little Miss Dang को पेजको inbox मा पठाउनु पर्नेछ ।
प्रतियोगिताका विजेताहरुलाई लघु चलचित्र एवं म्यूजिक भिडियोमा अभिनय गर्ने अवसर दिइने कार्यक्रम संयोजक पीडितले बताउनु भयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*