Home / Feature Breaking news / दाङमा १३ वटा चोरीका मोटरसाइकलसहित ८ जना पक्राउ

दाङमा १३ वटा चोरीका मोटरसाइकलसहित ८ जना पक्राउ

दाङ,१८ असार । दाङमा १३ वटा चोरीका मोटरसाइकलसहित ८ जनालाई प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय दाङले शुक्रवार घोराहीमा पत्रकार सम्मेलनको आयोजना गरी चोरी गरिएका १३ वटा मोटरसाईकलसहित चोरीमा संलग्न एक भारतीय नागरिकगरी ८ जनालाई सार्वजनिक गरेको हो ।

पक्राउ पर्नेमा रोल्पा सुनील स्मृती गाउँपालिका–३ निवासी ग्लोवल बजाज सभिर्सका संचालक २८ वर्षिय श्रीताज अन्सी, रोल्पाकै लुङ्ग्री गाउँपालिका ४ निवासी २६ बर्षीय लेखनाथ विष्ट, सोही गाउँपालिका ५ बडाचौर निवासी २६ वर्षिय टेकेन्द्र विष्ट, वडा नम्बर ५ गुम्चाल निवासी २६ वर्षीय नुमबहादुर रोका मगर,सोहि ठाउँका २२ वर्षिय हिराबहादुर विष्ट रहेका छन् ।

त्यस्तै भारत बलरामपरका घर भएका २२ वर्षिय मोहम्मद रिफक, दाङको घोराही १९ का १९ वर्षीय जावेद खान, प्युठानको स्वर्गद्धारी नगरपालिका ३ जलुकेका २४ वर्षिय ठगीराम थापा रहेको जिल्ला प्रहरी कार्यालय दाङका प्रवक्ता समेत रहेका प्रहरी नायव उपरिक्षक मुकुन्दप्रसाद रिजालले जानकारी दिएका छन् ।

रोल्पामा ग्लोल्वल बजाज सभिर्स नामक ग्यारेज संचालन गर्दै आएका श्रीताज अन्सीले चोरी भएका मोटरसाईकल ५० हजारमा खरिद गर्दै महंगो मुल्यामा विक्रि गर्ने गरेका प्रहरीले अनुसन्धानका क्रममा पत्ता लगएको उनले बताए । मोटरसाइकल चोरी गिरोहका मुख्य नाईके पनि उनै भएको जिल्ला प्रहरी कार्यालय दाङका प्रमुख एव एसपी सुरेश काफ्लेले जानकारी दिएका छन् ।

त्यसैगरि प्रहरी प्रमुख एसी काफ्लेले मोटरसाइकिल चोरी भएर नागरिक पीडित भएको गुनासो जिल्लामा आउनासाथ आफुले यो कुरालाई गम्भीरतापूर्वक अनुसन्धानमा जुट्न निर्देशन दिएपछि प्रहरीलाई यो सफलला मिलेको र नागरिकमा प्रहरीप्रती अझै बिश्वासको बाताबरण सिर्जना गर्न यस्ता कामले सहयोगि भुमिका खेल्ने बताएका थिए ।

जिल्ला प्रहरी कार्यालय दाङबाट असई युबराज गौतमको कमाण्डमा खटिएको प्रहरी टोलीले चोरीको मोटरसाइकिलसहितको गिरोहलाई पक्राउ गर्न सफल भएको प्रवक्ता रिजालले जानकारी दिएका छन् । प्रबक्ता डिएसपी रिजालका अनुसार घट्ना बारे थप अनुसन्धान भइरहेको समेत बताएका छन् ।

चोरीका मोटरसाइकलमा गिरोहले ५० हजार लगानी गरेर १ लाखदेखि २ लाखसम्म बिक्री गर्ने गरेको खुलेको जिल्ला प्रहरीले कार्यालय दाङले जनाएको छ । जिल्लामा पछिल्लो समय मोटरसाईकहरु चोरीका घट्नाहरु बढेपछि प्रहरीले सक्रियता बढाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*