Home / Election / दाङमा पाँच दिन विद्यालय बन्द हुने

दाङमा पाँच दिन विद्यालय बन्द हुने

घोराही,१० मंसिर । आगामी मंसिर २१ गते हुन थालेको प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनलाई मध्यनगर गरेर दाङमा पाँच दिनलाई सस्थागत विद्यालयहरु बन्द हुने भएका छन ।

निर्वाचनलाई लक्षित गरेर गृहमन्त्रालयले यहि १८ गतेदेखि २१ गतेसम्म सार्वजनिक विदा दिने गरेको सूचनासँगै प्यावसन र एनप्यावसनको केन्द्रीय निर्देशन अनुसार दाङमा विदा गर्ने निर्णय प्यानसन तथा एनप्यावसनले गरेका छन ।

मुलुकको शासकीय संरचना परिवर्तनसँगै परिवर्तनलाई सस्थागत गर्नकालागि हुन थालेको निर्वाचनलाई मध्यनजरसँगै बार्षिक विदावाट कटौति हुने गरि दाङमा प्यावसन र एनप्यावसनले थप एक दिन २२ गते पनि विदा दिने निर्णय गरेको प्यावसन दाङका अध्यक्ष यादव गिरी र एनप्यावसन दाङका अध्यक्ष भिमबहादुर बुढाथोकीद्धारा हस्ताक्षरित विज्ञप्तिमा उल्लेख गरिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*