Home / Feature Breaking news / कांग्रेसका बागी उम्मेदवार पाँच वर्षका लागि पार्टीबाट निस्कासन

कांग्रेसका बागी उम्मेदवार पाँच वर्षका लागि पार्टीबाट निस्कासन

नेपाली कांग्रेसले प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनमा बागी उम्मेदवारहरूलाई पाँच वर्षका लागि निस्कासन गरेको छ। आधिकारिक उम्मेदवारविरुद्ध उम्मेदवारी दिई तोकिएको मिति र समयभित्र आफ्नो उम्मेदवारी फिर्ता नलिएका बागी उम्मेदवार, प्रस्तावक र समर्थकलाई ५ वर्षका लागि निस्कासन गरेको छ।

निर्वाचनमा सत्तारुढ गठबन्धन दलहरुबीच भएको सहमति विपरीत बागी उम्मेदवारी दिएकाहरूको हकमा कांग्रेसले यस्तो निर्णय गरेको हो। कांग्रेसको विधान बमोजिम सदस्यसमेत नरहने गरी ५ वर्षका लागि निस्कासन गरिएको छ।

कांग्रेसको विधान २०१७ (संशोधनसहित)को धारा ३४ (१) (घ) उल्लघन गरेकोमा धारा ३४ (४) (क) अनुसार नेपाली कांग्रेसको सदस्यसमेत नरहने गरी ५ वर्षका लागि निस्कासन गरेको हो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*