Home / Feature Breaking news / काठमाडौंबाट ७६ प्रर्दशनकारी पक्राउ, दर्जनौं स्थानमा तोडफोड

काठमाडौंबाट ७६ प्रर्दशनकारी पक्राउ, दर्जनौं स्थानमा तोडफोड

काठमाडौं । प्रचण्ड–नेपाल समूहले घोषणा गरेको आम हड्तालका क्रममा काठमाडौंमा एक ट्याक्सीमा आगजनी भएको छ ।

सामाखुसीमा आन्दोलनकारीले धादिङका कुम्ब नारायण श्रेष्ठले चलाउँदै गरेको प्रदेश–३–०१–००२ ज ५८८१ नम्बरको ट्याक्सी जलाएका हुन् । यस्तै जयबागेश्वरी, नैकाप लगायत विभिन्न स्थानमा दर्जनौं सवारी साधनमाथि तोडफोड गरिएको छ ।

ठाँउ–ठाँउमा प्रदर्शनकारीले मोटरसाइकल समेत रोकेका छन् । बन्द सफल बनाउन सडकमा निस्किएका ७६ जनालाई काठमाडौंका विभिन्न स्थानबाट प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा नेकपा स्थायी कमिटी सदस्य अष्टलक्ष्मी शाक्य, हितमान शाक्य, अमृता थापालगायत छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*