Home / Feature Breaking news / दाङमा थप नौ जनामा कोरोना संक्रमण, संक्रमीत संख्या ४३

दाङमा थप नौ जनामा कोरोना संक्रमण, संक्रमीत संख्या ४३

दाङ, १९ जेठ ।

घोराही उपमहानगरपालिकामा सोमबार थप नौजनामा कोरोना संक्रमण देखिएको छ ।

सोमबार थपिएका नौ जनासँगै दाङमा कोेरोना संक्रमितको संख्या ४३ पुगेको छ भने घोराही उपमहानगरपालिकामा १८ जना पुगेको छ।

राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान दाङमा गरिएको परिक्षणमा घोराही उपमहानगरपालिकाका १, २, ५ र १७ नम्बर वडाका व्यक्तिहरुमा संक्रमण देखिएको राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानका निमित्त कायम मुकाय रजिष्ट्रार कैलाशप्रसाद देवले जानकारी दिएका छन ।

उनका अनुसार कोरोना संक्रमणको आशंकामा दाङको घोराही उपमहानगरपालिका र बंगलाचुली गाउँपालिकाबाट संकलन गरिएका २३२ नमूना परिक्षण गर्दा ९ जनामा कोरोना संक्रमण देखिएको हो ।

उनीहरु मध्य घोराही उपमहानगरपालिका–१ निवासी ३१ बर्षीय पुरुष र ११ बर्षीया बालिका रहेका छन । त्यसै गरी घोराही उपमहानगरपालिका–२ निवासी १९,२६,४०,४५ र ४६ बर्षीया पुरुष रहेका छन भने १९ बर्षीया एक जना महिला रहेकी छिन ।

घोराही–५ का ५३ बर्षीय पुरुष र घोराही–१७ का २० बर्षीय पुरुषहरु रहेका छन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*