Home / Feature Breaking news / सरकारी र निजी विद्यालयलाई समान रुपमा लिन नेविसंघको आग्रह

सरकारी र निजी विद्यालयलाई समान रुपमा लिन नेविसंघको आग्रह

दाङ,१९ जेठ । सरकारी र सामुदायीक विद्यालयलाई समान रुपमा लिन नेपाल विद्यार्थी संघले सरकारलाई आग्रह गरेको छ ।नेपाल विद्यार्थी संघ घोराही नगर समितिको सोमवार बसेको बैठकले यस्तो आग्रह गरेको हो । निजी तथा आवासिय विद्यालय अर्गनाइजेशनलगायतका केही संघसंगठनहरुले निजी विद्यालयमा विद्यार्थी भर्ना गर्न पाउने माग गरेपछि नेपाल विद्यार्थी संघ नगर समितिले निजी विद्यालय र सरकारी विद्यालयलाई समान रुपमा लिन सरकारसँग आग्रह गरेको नेपाल विद्यार्थी संघ घोराही नगर समितिका अध्यक्ष निरज पाण्डेयले जानकारी दिएका छन । ‘

कोरोनाको महामारीको समयमा सरकारले निजी र सरकारी विद्यालयलाई फरक नजरले हेर्न हुदैन’–अध्यक्ष पाण्डेयले भने–‘सरकारी निजी र सरकारी विद्यालयलाई समान मान्यता दिनुपर्छ ।’

उनले सामुदायिक विद्यालय जस्तै निजी विद्यालयमा पनि क्वारेन्टाइन बनाउन आग्रह गरेका छन । त्यसै गरी संघको बैठकले कोरोना भाइरसको महामारीको यो समयमा निजी विद्यालयहरुलाई नयाँ भर्ना नलिन समेत आग्रह गरेको छ । बैठक नेपाल विद्यार्थी संघ घोराही नगर समितिका सभापति निरज पाण्डेयको अध्यक्षतामा बसेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*