Home / Feature Breaking news / दाङमा थप ८ जनामा काेराेना संक्रमण, संक्रमीतकाे संख्या ५१

दाङमा थप ८ जनामा काेराेना संक्रमण, संक्रमीतकाे संख्या ५१

दाङ, २० जेठ ।

दाङमा थप आठ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ ।

राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा पिसिआर विधिबाट गरिएको कोरोना परिक्षणका क्रममा दाङको बंगलाचुली गाउँपालिकाका ६ जना र राप्ती गाउँपालिकामा दुई जना गरि आठ जनामा कोरोना भाइरसको संक्रमण देखिएको हो ।

जस मध्य बंगलाचुली गाउँपालिका–७ निवासी २९ बर्षीय एक पुरुष र बंगलाचुली–५ का १९, २७, ३१, ३२ र ५४ बर्षीय पुरुषहरुमा कोरोनाको संक्रमण देखिएको राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानले जनाएको छ । उनीहरु सरस्वती माध्यामिक विद्यालय जवरकोट र सुधा माध्यामिक विद्यालय झेल्नेटाको क्वारेन्टाइनमा बस्दै आएका थिए ।

त्यसै गरी देउखुरीको राप्ती गाउँपालिका–१ निवासी १८ बर्षीय पुरुष र ९ नम्वर वडाका ५५ बर्षीय पुरुषमा पनि कोरोनाको संक्रमण देखिएको प्रतिष्ठानले जनाएको छ । उनीहरु नवप्रतिभा आधारभुत विद्यालय र आदर्श माधयामिक विद्यालयको क्वारेन्टाइनमा बस्दै आएका छन । यो सँगै दाङमा ५१ जनालाई कोरोना संक्रमण देखिएको छ ।

मंगलवार नै प्यठानको स्वर्गद्धारीनगरपालिका–४ निवासी ५९ बर्षीय एक पुरुषमा पनि कोरोनाको संक्रमण देखिएको प्रतिष्ठानले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*