Home / Feature Breaking news / पानी नपर्दा देउखुरीका गरा चिराचिरा

पानी नपर्दा देउखुरीका गरा चिराचिरा

ओमप्रकाश गुप्ता
भालुवाङ,२ असार । देउखुरीमा अत्यधिक गर्मी बढेपछि जनजिवन प्रभावित बनेको छ । रोपाइ भैसक्ने खेतका गरा पानीको अभावले चिराचिरा परेका छन् । शहर बजारमा पनि कम मात्रमा मानिसहरु देदिने गरेका छन् । उता बर्षाको समयमा पानी नपरेपछी आकाशे पानीको भरमा खेतीपाती गर्दै आइरहेका देउखुरीका कृषकहरु मारमा परेका छन् ।

बढदो जलवायु परीबर्तनले मनसुनलाई हरेक साल पछाडी धकेली दिदा सबैभन्दा ठुलो मार कृषकहरुले खेप्नुपरेको लमही ३ जखेरा तालका कृषक देवीप्रसाद चौधरीको भनाई छ । गएको वर्षमा यती बेला धान बाली लगाउने हतारोमा खेतबारीमा भेटिने यहाँका किसानहरु अहिले आकाशतर्फ टोलाएर पानीको प्रतीक्षा गरिरहेका छन् ।

उसो त गत वर्ष यतीबेला खेतमा धान रोप्न कस्सीएका कृषक ओमबहादुर कुमालले यस वर्ष धानको बीउ सम्म राख्न सकेका छैनन् । सामान्यतया अन्य बर्षमा यतीखेर बारीमा लगाएको मकै खनेर सकीने समय हो । यद्यपी अहिले देउखुरीका अधिकांश खेतबारी त्यतीकै बाँझो बसीरहेका छन् । विशेष त मानो छरेर मुरी उब्जाउने र वर्षभरीको गर्जो टार्ने कृषकहरु मनसुनको नहुँदा मर्कामा परेका छन् । यस्तै लामो समय सम्मको खडेरीले गर्दा पिउने पानीका मुहानहरु समेत सुकिरहेका छन् ।

यती बेला मुलुकको अधीकांश भाग सहीत दाङ देउखुरीमा तातो हावा लाग्ने क्रम दैनिक बढीरहेको छ । चर्कदो गर्मी र एक साता अघीदेखी चलेको तातोहावाका कारण देउखुरी बीभीन्न अस्पत्तालमा बिरामीहरु बढेको अस्पताल स्रोतले जानकारी दिएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*