Home / Feature Breaking news / आफुलाई नसच्याए सरकारका लागि दूर्भाग्य: उपाध्यक्ष पोख्रेल

आफुलाई नसच्याए सरकारका लागि दूर्भाग्य: उपाध्यक्ष पोख्रेल

कतार(दोहा)

नेपाल पत्रकार महासंघका केन्द्रीय उपाध्यक्ष विपुल पोख्रेलले प्रेस स्वतन्त्रताको सवालमा इमान्दार बन्न नेपाल सरकारलाई आग्रह गरेका छन् ।

उपाध्यक्ष पोख्रेलले गत भदौ १ गतेदेखि लागु भएका संहिताका कही प्राबधानहरु संसोधन गर्छु भनेको सरकारले अहिलेसम्म संसोधन प्रक्रिया नै अगाडि नबढाएको र मिडिया काउन्शिल बिधेयक त पत्रकारिता नै समाप्त पार्ने खालको ल्याएको भन्दै सरकार प्रेस स्वतन्त्रता प्रति इमान्दार नदेखिएको दावी गरे ।

‘क्रमशः कडा कानुन ल्याउदै नेपाल सरकारले प्रेस स्वतन्त्रतालाई संकुचन गर्दै छ र प्रेस स्वतन्त्रताको पक्षमा पत्रकातिता क्षेत्र तथा नागरिक समाजवाट आएको आवाजलाई वेवास्ता गर्दै छ’ उनले भने, ‘यो कुरामा आफुलाई नसच्याएर प्रेस स्वतन्त्रता बिरोधी मनसाय राखिरहेमा त्यो सरकारकै लागि दूर्भाग्य हुने छ ।’

आफुहरुले प्रेस स्वतन्त्रता माग्दा सरकारले सत्ता नै मागेझै गरी प्रतिक्रिया दिइरहेको भन्दै पोख्रेलले स्वतन्त्रताका पक्षधरहरुलाई नजिस्काउन सरकारलाई चेतावनी पनि दिए ।

‘सबै दलहरुको चुनावी घोषणापत्रका प्रेस स्वतन्त्रताको कुरा छ, हाम्रो सञ्चार नीतिले स्वतन्त्र प्रेसको परिकल्पना गरेको छ, संबिधानमा पुर्ण स्वतन्त्रता लेखिएको छ’ पोख्रेलले भने, ‘त्यही प्रेस स्वतन्त्रता माग्दा पत्रकारिता क्षेत्रलाई उल्टो आक्षेप लगाउने र पत्रकार महासंघको मानमर्दन गर्ने खेलमा स्वयं सरकारका मन्त्रीहरु देखिनु अनौठो हो ।’

सरकारले ल्याउन चाहेका कानुनहरुवाट सरकार नियन्त्रणमुखी हुदै गएको प्रतित भएको दावि गर्दै पोख्रेलले प्रश्न गरे, ‘कानुन ल्याउने प्रयास हुँदा सरोकारवालाहरु असन्तुष्ट बन्छन् भने सरकारले कस्का लागि कानुन बनाउदै छ ?’ उनले असन्तुष्टहरुसंग संवाद नचाहने सरकारी प्रबृत्तिले देशलाई भयावहको अबस्था तर्फ धकेल्ने खतरा पनि औल्याए ।

‘अहिले अलग अलग रुपमा जुन असन्तुष्टि सडकमा पोखिदै छ, त्यसले संगठित भएर शसक्त आन्दोलनको रुप धारण ग¥यो भने के होला ? भन्ने तर्फ सोच्न पनि सरकारको ध्यानाकर्षण हुन जरुरी छ’ उपाध्यक्ष पोख्रेलले भने ।
पत्रकार महासंघ कतारले आयोजना गरेको तालिममा सहभागि हुन कतार आएका उनले यहाँका पत्रकारहरुसंगको कुराकानीका क्रममा भने, ‘पत्रकार महासंघले स्वतन्त्रताको पक्षमा लडाई शुरु गरेको छ, स्वतन्त्रताको पक्षको लडाइ सधै सफल हुने लडाई हो ।’

पोख्रेलले मिडिया बिधेयक र सूचना प्रबिधि बिधेयक जस्ताको तस्तै पास भएमा पत्रकार मात्रै हैन, सबै नागरिकहरुको अभिव्यक्ति स्वतन्त्रतासमेत खोसिने प्रष्ट्याए ।

‘तपाई बिदेशमा बस्ने सबै नेपालीहरु सामाजिक सञ्जालका माध्यमवाट नेपाल स्थित आफ्ना घरपरिवारसंग जोडिनु भएको छ’ उनले भने, ‘सूचना प्रबिधि बिधेयक जस्ताको तस्तै संसदवाट पास भएर आएमा अब त्यो अबसरको अन्त्य हुनसक्छ ।’

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*