दाङ, १९ जेठ
कर्णाली प्रदेशमा सोमबार (आज) थप ७५ जनामा कोरोनाभाइरसको संक्रमण देखिएको छ । सामाजिक विकास मन्त्रालयको स्वास्थ्य सेवा महाशाखा प्रमुख आज थप ७५ जनामा कोरोना भाइरसको संक्रमण देखिएको लक्ष्मीनारायण तिवारीले बताए ।
“प्रदेश अस्पताल सुर्खेत, पशुपन्छी रोग अन्वेषण प्रयोगशालामा ३२ जनामा र कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लामा ४३ जनामा देखिएको छ,” उनले भने “जुम्ला, दैलेख, सल्यान र सुर्खेतमा थप ७५ जनामा कोरोना देखिएको हो ।” कोरोना संक्रमण देखिनेमा २ वर्षका बालकदेखि ६३ वर्षकासम्मका छन् । यस प्रदेशमा कुल संक्रमितको संख्या एक सय ९८ पुगेको छ ।