Home / Election / कमल किशोर घरदैलोमा

कमल किशोर घरदैलोमा

घोराही, १५ मंसीर
प्रदेश सभा निर्वाचन क्षेत्र नम्वर २ (१) का उमेद्धार कमलकिशोर घिमिरेले मतदाताको घरघरमा पुगेर मत मागिरहनुभएको छ ।

मतदातालाई भेट गर्नकालागि मतदाताहरुको घरघरमा पुगेर आफ्ना एजेण्डा सुनाउदै मत मागिरहनुभएका घिमीरेलाई मतदाताहरुले पनि विजयी बनाउने प्रतिवद्धता जनाएका छन् । यस क्षेत्रका घरघरमा पुगेर घिमीरेले भोट माग्ने गरेका छन् ।

उनले घरमा पुगेर मतदाताहरुको गुनासो र समस्या पनि सुन्ने गरेका छन् ।

‘म सकेसम्म भ्याएसम्म सबै मतदाताहरुको घरमा पुग्ने गरेको छु’ घिमीरेले भने–‘ सबै मतदाताहरुबाट उत्कृष्ट सहयोग र माया पाएको छु ।’ उनले चुनावी सभा भन्दा पनि मतदाता भेटलाई नै वढी समय दिने गरेका छन् ।

घर दैलोमा पुगेका उमेद्धारलाई मतदाताहरुले विजयीको शुभकामना दिने गरेका छन् । उनलाई गाऊ गाऊमा टिका र मालाले स्वागत समेत गर्ने गरेका छन् । घिमीरेले युवा देखि वृद्ध सम्मले घरदैलो सम्म पुग्नका लागि साथ दिने गरेका छन् ।

घिमिरेले शुक्रवार घोराहीका विभिन्न क्षेत्रमा घरदैलो गरेका छन् । घोराही उपमहानरपालिका वडा नम्बर १५ को रतनपुर क्षेत्रमा घरदैलो गरेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*