Home / Feature Breaking news / विपीलाई साक्षी राखेर कांग्रेस जिताउने अभियानमा नेविसंघ

विपीलाई साक्षी राखेर कांग्रेस जिताउने अभियानमा नेविसंघ

दाङ, १५ मंसिर
नेपाली काग्रेसलाई विजयी बनाउन नेपाल विद्यार्थी संघ क्षेत्र नम्वर ३ ले अभियान सुरु गरेको छ । घोराहीको विपि चोकमा पुगेर विपीलाई सम्झदै नेपाली काग्रेसलाई जिताउने विद्यार्थी नेताहरुले अभियान सुरु गरेका हुन् ।

‘गाउ जाउ नगर जाउ, जनता जगाँउ काग्रेस जिताउ’ भन्ने नाराका साथ नेविसंघले अभियान सुरु गरेको छ । अभियान अन्र्तगत चोक चोकमा कोण सभा समेत आयोजना गरीने क्षेत्रीय सभापति तिलक रावतले जानकारी दिए । जनतालाई जागरुक बनाएर नेपाली कांग्रेसलाई विजयी बनाउन यस प्रकारको अभियान सुरु गरीएको रावतले जानकारी दिए ।

‘नेपाली काग्रेसलाई विजयी बनाउन विद्यार्थीको पनि महत्वपूर्ण भुमिका रहन्छ त्यसैले यस प्रकारको अभियान सुरु गरीएको हो ।’ रावतले भन–‘हामी विभिन्न स्थानमा पुगेर सभा तथा घरदैलो गर्नेछौ ।’

त्यस अवसरमा बोल्दै निर्वाचन क्षेत्र नम्वर २ का प्रचार प्रसार समितीका संयोजक क्षेत्रीय सभापति भुुपबहादुर डाँगीले बाम गठबन्धनले नेपाली जनतालाई अधिनायकवाद लाग्न खोजेको भन्दै यसमा सचेत हुना सम्पूर्ण मतदाताहरुलाई अनुरोध गर्नुभयो ।

लोकतन्त्रको रक्षा, संविधानको सही कार्यान्वयन, शान्ति र समृद्धिकालागि कांग्रेसको पक्षमा मतदान गर्न आवश्यक भएकाले यस विषयमा मतदाताहरुलाई सचेत बनाउन नेविसंघकायुवाहरुलाई अनुरोध गर्नुभयो ।

नेपाल विद्यार्थी संघका केन्द्रीय सदस्य कुलराज खनालले बाम गठबन्धनले देशलाई अनिष्टतिर लैजान खोजेकाले यस विषयमा सचेत रहन मतदाताहरुलाई अनुरोध गर्नुभयो ।

नेविसंघ क्षेत्रीय सभापति तिलक रावतको अध्यक्षतामा भएको कार्यक्रमको सहजिकरण क्षेत्रीय सचिव लेखनाथ वुढाथोकीले गरेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*