Home / Feature Breaking news / स्वास्थ्य विज्ञान प्रतिष्ठानसँगै आईसीयू सञ्चालनमा राजु खनालको देनः आईसीयूकालागि अस्पताललाई दिए ४० लाख

स्वास्थ्य विज्ञान प्रतिष्ठानसँगै आईसीयू सञ्चालनमा राजु खनालको देनः आईसीयूकालागि अस्पताललाई दिए ४० लाख

दाङ, १४ मंसीर
निवर्तमान सांसद राजु खनाल २०७० सालमा साविक क्षेत्र नम्बर ३ बाट विजयी भएर गएसँगै यस क्षेत्रको विकासमा महत्वपूर्ण भूमीका खेलेका छन् । खनालले विकासमा छलाङ मारेका छन् । उनी विजयी हुन यस क्षेत्रको विकास हुनुका रुपमा रहेको छ ।

खनालले साना योजनादेखी करडौका योजना ययस क्षेत्रमा पारेका छन् उनको देनले शिक्षा, स्वास्थ्य, सडक, खानेपानी, सिचाई, विद्युत लगायत हरेक क्षेत्रमा ठुलो परिवर्तन आएको छ । खनालले केन्द्रिय योजनादेखी साना योजना आफ्नो सांसद विकास कोषबाट व्यवस्थापन गरेका छन् ।

उनले उप क्षेत्रीय अस्पतालमा उनी निर्वाचित भएर गएको पहिलो कार्यक्रम अस्पतालले स्वागत कार्यक्रम आयोजना ग¥यो । त्यतिबेला नै ५० शैयाको अस्पताललाई १०० शैयाको बनाउने प्रतिवद्धता गरेका खनालले त्यसको केही समयमा नै मन्त्रालयमा फाईल पेश गरेर प्रक्रीया अगाडी बढाए र त्यसले पूर्णता पायो ।

उनको विशेष पहलमा कांग्रेस सभापति सुशील कोईराला प्रधानमन्त्री हुँदादेखी गगन थापा स्वास्थ्य मन्त्री हुदाँसम्म खनाल फाईल लगेर राप्ती उपक्षेत्रीय अस्पताललाई स्वास्थ्य विज्ञान प्रतिस्ठान बनाउनकालागि लागि रहे ।

राजु खनाल र कांग्रेसकै निवर्तमान सांसद अनिता देवकोटाको विशेष पहलमा उहाँहरुकै अगुवाईमा हालैमात्र राप्ती उपक्षेत्रीय अस्पतालबाट राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा रुपान्तरित भएको छ ।

‘कांग्रेसकै नेतृत्वमा उपक्षेत्री अस्पताल राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान बन्ने भएको छ । यसमा कांग्रेसको विशेष देन छ त्यसमा पनि मान्य अनिता अनिता देवकोटा र मेरो विशेष देन हो’ खनालले भने– ‘केही घुमन्ते नेताहरुले यसलाई आफूले गरेको भनेर प्रचार गरिरहेका छन् । यो भ्रममा कोही नपर्नुहोला ।’

खनालले हालैमात्र राप्ती उपक्षेत्रीय अस्पतालमा आईसीयू सेवा सञ्चालनकालागि ४० लाख बजेट विनियोजन गर्नुभएको छ । उहाँले निर्वाचन क्षेत्र पूर्वाधार विशेष कार्यक्रम अन्तरर्गत यो बजेट विनियोजन गर्नुभएको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*