Home / Feature Breaking news / दाङमा जीप दुर्घटनाः दुई जनाको मृत्यु चार जना घाईते

दाङमा जीप दुर्घटनाः दुई जनाको मृत्यु चार जना घाईते

घोराही, ६ मंसीर
दाङमा जीप दुर्घटना हुदा २ जनाको मृत्यु भएको छ ।

मंगलवार राति लमही घोराही सडकखण्डको घोराही उपमहानगरपालिका ३ झिङ्नीमा रोकीराखेको रा १ त १२८२ नम्बरको रोकिराखेको टेक्टरमा ना ३ च ११८६ नम्बरको बलेरो जीप ठोक्कीदा ट्याक्टर चालक घोराही ३ का ३२ वर्षीय कलविर चौधरी र जिपमा सवार घोराही १३ वर्षीय १२ वर्षीय अर्पण चौधरीको मृत्यु भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय दाङले जानकारी दिएको ।

तीव्र गतिमा रहेको जीप मंगलवार रोकीराखेको टेक्टरमा ठोक्कीदा अन्य ४ जना गम्भीर घाईते भएका छन् ।

घोराही १३ का १३ वर्षीय बगलती चौधरी र १९ की अविरुपी केसी गम्भीर घाईते भएका छन् । उनीहरुको कोहलपुर मेडिकल कलेजमा उपचार भईरहेको प्रहरीले बताएको छ ।

घोराही उपमहानगरपालिका ३ का टेक्टरका सहचालक ३५ बाचुराम चौधरी, जीपका चालक रोल्पा भुमीगडी गाउपालिकाका २२ वर्षीय डिलबहादुर वली सामान्य घाईते भएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*