Home / समाचार / राष्ट्रिय जनमोर्चाद्धारा सौडियारमा घरदैलो

राष्ट्रिय जनमोर्चाद्धारा सौडियारमा घरदैलो

घोराही,१४ मंसिर 

राष्ट्रिय जनमोर्चा निर्वाचन क्षेत्र नम्बर २ ले साबिक सौडियार गाविसका विभिन्न स्थानमा विहिवार घरदैलो तथा मतदाता भेटघाट गरेको छ । सडियार अन्तर्गतका डबरगाउँ,कनरिया, हनरिया, सिसहनिया , घुस्रा , राजपुर, बेरुवागाउ, गुरुवागाउँ, लख्वार, बचाहालगायतका मतदाताहरुसँग भेटघाट तथा घरदैलो कार्यक्रम गरेको हो ।
घरदैलोका क्रममा प्रतिनिधिसभा उम्मेदवार गणेशप्रसाद आचार्यले मतदाताहरुलाई झुट र भ्रममा नपर्ने आग्रह गरेका थिए । ठुला राजनीतिक दलहरुले जनताहरुलाई भ्रम सिर्जना गर्नका लागि ठुला ठुला सपना बाड्ने गरेको भन्दै उम्मेदवार
आचार्यले जनतालाई राष्ट्रियता स्वाधिन्ता र खण्डताको रक्षाको लागि राष्ट्रिय जनमोर्चाका उम्मेदवारहरुलाई भोट गरि बिजयी गराउनु आग्रह गरे ।

घरदैलोमा मतदाताहरुले राष्ट्रिय जनमोर्चा जस्तो इमानदारीताको राजनीति गर्ने पार्टीलाई जिताउनु पर्ने बताएका थिए । घरदैलोमा प्रदेशसभा उम्मेदवार टीकाबहादुर बिक, राष्ट्रिय जनमोर्चाका जिल्ला अध्यक्ष रेशम बिसी, प्रचार प्रसार समितिका सदस्य सुशील पोख्रेल , मनिराम खनाल, टोपाराम भट्टराई, रामकुमार चौधरी, शिबलाल पौडेल, बालाराम कालाथोकी, फनाराम कालाथोकीलगायतका नेता तथा कार्यकर्ताहरुको सहभागिता रहेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*