इलाम । आफूसँग भएको सहमति कार्यान्वयनको माग राख्दै ६ दिनदेखि आमरण अनसनरत डा= गोविन्द केसीलाई जिल्ला अस्पताल इलाम लगिएको छ ।
शहरी विकास तथा भवन निर्माण विभाग डिभिजन कार्यालयको पुरानो कार्यालय फूलगाहीमा अनसनरत डा= केसीलाई सोमबार विहान अस्पताल लगिएको हो । डा= केसीको खस्किँदो स्वास्थ्य र चिकित्सकहरको आग्रहमा अस्पताल लगिएको इलाममा रहेका डा= अभिशेकराज सिंहले जानकारी दिए ।
डा= केसीको अनसन भने जारी छ ।