Home / Feature Breaking news / होटल व्यवसाय स्तरीकरणमा जोड
शुभकामना आदान–प्रदान कार्यक्रम
दाङ देउखुरी होटल व्यवसायी समिति घोराहीले शनिवार आयोजना गरेको बिजयादशमी, दीपावली तथा छठ पर्वको शुभकामना आदान–प्रदान कार्यक्रम

होटल व्यवसाय स्तरीकरणमा जोड

दाङ, २३ असोज । होटल व्यवसायलाई मर्यादित, स्वच्छ र सफा व्यवसायका रुपमा विकास गर्दै स्तरीयकरणमा जोड दिनुपर्ने सहभागी व्यवसायीहरुले बताएका छन् ।

दाङ देउखुरी होटल व्यवसायी समिति घोराहीले शनिवार आयोजना गरेको बिजयादशमी, दीपावली तथा छठ पर्वको शुभकामना आदान–प्रदान कार्यक्रममा बोल्ने बक्ताहरुले पर्यटन व्यवसायका रुपमा रहेको होटल व्यवसायलाई स्वच्छ र सफा व्यवसायका रुपमा विकास गर्न स्वयं व्यवसायीहरुले ध्यान दिनुपर्ने बताएका हुन् ।

दाङ देउखुरी होटल व्यवसायी समितिका अध्यक्ष दिपेन्द्र पुनको अध्यक्षतामा भएको कार्यक्रममा बोल्दै घोराही उपमहानगरपालिका नगर प्रमुख नरुलाल चौधरीले पर्यटन प्रवद्र्धनका लागि होटल व्यवसायीहरुको महत्वपूर्ण भूमिका रहने भएकाले होटल व्यवसायलाई व्यवस्थित र मर्यादित व्यवसायका रुपमा विकास गर्नुपर्ने बताए । होटलको राम्रो व्यवस्थापन, खाना र बोलीले ग्राहकलाई प्रभाव पार्ने भएकाले हरेक व्यवसायीले यी कुराहरुमा ध्यान दिन आवश्यक रहेको बताएका हुन् ।

‘पर्यटन प्रवद्र्धनका लागि होटल व्यवसायको महत्वपूर्ण भूमिका रहन्छ’, नगर प्रमुख चौधरीले भने– ‘त्यसका लागि होटल व्यवसायको गुणस्तर सुधारसँगै विकास हुन आवश्यक छ ।’ उनले ग्राहकको चाहनाअनुसार होटल क्षेत्रको विकास हुन आवश्यक रहेको भन्दै घोराहीमा होटल विकास र गुणस्तर सुधारका लागि आवश्यक सहयोग गर्न उपमहानगरपालिका तयार रहेको बताएका थिए ।

कार्यक्रममा बोल्ने अन्य बक्ताहरुले आर्थिक र पर्यटन विकासका लागि होटल व्यवसायको महत्वपूर्ण भूमिका रहने भएकाले होटल क्षेत्रको विकासका लागि राज्यले अन्य पूर्वाधारसँगै सडकको अवस्था सुधारमा ध्यान दिनुपर्ने बताएका थिए । जिल्लाको मुख्य घोराही बजारमै सडकको अवस्था बिग्रिएर धुलै–धुलो हुँदा त्यसको मार व्यवसायीले खेप्नुपरेको भन्दै सडकको अवस्था सुधारसँगै होटल व्यवसाय सञ्चालनको अवस्था बनाउन व्यवसायीहरुले माग गरेका थिए ।

त्यसैगरी उनीहरुले होटल क्षेत्रमा भएको अस्वस्थ प्रतिष्पर्धालाई हटाउँदै एकरुपता ल्याउनुपर्ने, प्रहरी प्रशासनले अनावश्यकरुपमा व्यवसायीलाई दुःख दिने गरेको र होटलको सरसफाईमा व्यवसायीहरुले ध्यान दिनुपर्नेमा जोड दिएका थिए ।

कार्यक्रममा घोराही उपमहानगरपालिका वडा नं. १४ का वडा अध्यक्ष शक्तिराम डाँगी, दाङ जिल्ला उद्योग वाणिज्य संघका बरिष्ठ उपाध्यक्ष नरेश कार्की, दाङ चेम्बर अफ कमर्शका अध्यक्ष बलदेव योगी, दाङ देउखुरी होटल व्यवसायी समितिका निवर्तमान अध्यक्ष रुद्र डाँगी, सल्लाहकार समितिका संयोजक जीतबहादुर केसी, सल्लाहकार बलराम जैशी, पत्रकार गोविन्द खड्कालगायतले शुभकामना मन्तव्य व्यक्त गरेका थिए ।

बरिष्ठ उपाध्यक्ष ईश्वरकुमार बुढाको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रमको सहजीकरण महासचिव टिकाराम भुसालले गरेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*