Home / Election / प्रदेश राजधानीसहित पूर्वाधारको विकासः कमल किशोर घिमिरे

प्रदेश राजधानीसहित पूर्वाधारको विकासः कमल किशोर घिमिरे

मंसिर २१ गतेको प्रतिनिधिसभा र प्रदेशसभाको लागि चुनाव हँुदैछ । चुनावी परिणाम आफ्नो पक्षमा पार्नको लागि उम्मेदवारहरु आफ्नो चुनावी एजेण्डा लगेर घरदैलो, चुनावीसभा र मतदात भेटघाटमै व्यस्त छन् । उम्मेदवारले दाङलाई आर्थिक, सामाजिक समृद्धि र प्रादेशिक राजधानी बनाउने एजेण्डा लगेर मतदाताको घरदैलोमा पुगेका छन् । नेपाली कांग्रेसका उम्मेदवारले विकाससँगै दाङलाई प्रदेश राजधानी र समृद्ध दाङ बनाउने एजेण्डा मतदाताको घरमा लगेका छन् । यसै सन्दर्भमा नेपाली कांग्रेसको तर्फबाट दाङ क्षेत्र नं. २ (१) का उम्मेदवार तथा युवा नेता कमलकिशोर घिमिरेसँग जिल्लाको समृद्धि र चुनावी एजेण्डाको बारेमा पत्रकार सन्तोष सुवेदीले गरेको कुराकानीको सार संक्षेप

१) यहाँलाई गोरक्षको सातावार्तामा स्वागत छ ।

धन्यवाद यहाँ र गोरक्ष पत्रिकालाई । मुलुक चुनावमय भएको बेला विचार राख्ने अवसर दिएकोमा ।

२) मंसिर २१ को प्रतिनिधिसभा र प्रदेशसभाको चुनावको प्रचार–प्रसार कसरी अघि बढिरहेको छ ?

देश चुनावमय भएको अवस्था छ । संघीय लोकतान्त्रिक संविधानको कार्यान्वयन र समृद्ध मुलक र जनताका अधिकार सुनिश्चित गर्नको लागि देशमा पहिलो पटक प्रतिनिधिसभा र प्रदेशसभाको चुनाव मंसिर १० र २१ गते हुँदैछ ।

मुलुकलाई चुनावको माहोलले तताउँदै लगेको छ । विशेष गरेर जिल्ला र मेरो निर्वाचन क्षेत्रमा पनि चुनावीसभा, मतदाता भेटघाट, टोलभेला र घरदैलो कार्यक्रम भैराखेका छन् । जनताका माझमा आफ्ना एजेण्डा राख्ने काम भइराखेको छ । मतदाताहरु हाम्रा एजेण्डा सुन्न र उहाँहरुका कुरा सुन्ने काम भैराखेको छ ।

३) तपाईले कसरी टिकट पाउनु भयो ?

पार्टीभित्र जिम्मेवार कार्यकर्ताको रुपमा लामो समयदेखि क्रियाशील रहेको व्यक्ति हुँ । आफ्नो क्षेत्रभित्र धेरै अग्रज नेताहरु हुनुहुन्छ । म माथिको उहाँहरुको बिश्वास र उहाँहरुकै सुझाव र आग्रहका कारण मैले प्रदेश सभा सदस्यका लागि टिकट पाएको हुँ । अग्रजहरुले ममाथि नेतृत्वको सम्भावना देख्नुभयो अर्को कुरा युवाहरुलाई स्थापित गर्ने कांग्रेसको नीतिले पनि मलाई टिकट पाउन सहयोग ग¥यो । स्थानीय जनताहरुसँगको सामिप्यता, पहँुच र प्रभाव पनि टिकट पाउनुमा सहयोगी बनेको हो ।

४) निर्वाचनमा तपाईका एजेण्डाहरु के–के हुन् ?

मेरो चुनावी एजेण्डा भन्नु नै यहाँका जनताका समस्या समाधान गर्ने हो । मैले दुई किसिमले आफ्ना एजेण्डालाई वर्गीकरण गर्न चाहन्छु । पहिलो राष्ट्रियरुपका सवालहरु, जसअन्र्तगत लोकतन्त्रलाई संस्थागत गर्न सहयोग गर्ने हो । यसभित्र नीति निर्माणदेखि कार्यान्वयनसम्मका विषय र प्रक्रियाहरु पर्दछन् । ती सबै तल्लो तहमा रहेका जनताको दैनिकी सहज तुल्याउने हुनुपर्छ भन्ने मेरा धारणा हो । त्यसै अनुसारका एजेण्डा हुन् । दोश्रो र महत्वपूर्ण भनेको दाङलाई प्रादेशिक राजधानी घोषणा गरी त्यही अनुसारको विकासका पूर्वाधारहरुको निर्माण गराउने हो । मेरो क्षेत्रभित्रका जनताहरुको खानेपानी, सडक, स्वास्थ्य र शिक्षामा पहुँच पु¥याउनु, अहिले पनि मेरो निर्वाचन क्षेत्रका अधिकांश महिलाहरुले मर्यादित जीवनयापन गर्न नसकिरहेको अवस्था छ ।

विभिन्न कारण छन् त्यस्तो हुनुमा । महिला सशक्तीकरण विशेष कार्यक्रममार्फत ती महिलाहरुको जीवनस्तर उकास्नु र मर्यादित जीवनयापन गर्न सक्ने बनाउनु हो । अर्को एक टोल एक सडक, ग्रामीण बस्तीहरुमा घरघरमा शुद्ध पिउने पानी पु¥याउनु, बंगलाचुली गाउँपालिकाअन्र्तगतका साविकका हाँसीपुर, लोहारपानी, काभ्रे, स्यूजा गाबिस र घोराही उपमहानगरपालिकाको १९ नं. वडाका एक–एक वडा विद्यालयमा उच्च शिक्षा अध्ययन अध्यापन हुने व्यवस्था गरिने मेरो योजना रहेको छ । यस्तै दुर्गम पहाडी भेगमा अझै पनि गुणस्तरीय स्वास्थ्य सेवा नपुगेकै कारण मातृ र बाल मृत्युदर तुलनात्मक रुपमा बढी छ ।

त्यसलाई घटाई गुणस्तरीय स्वास्थ्य सेवा पु¥याउन महिला र बालबालिकालाई प्राथमिकतामा राखेर स्वास्थ्य सेवा बिस्तारको योजना बनाएको छु । समावेशिताको सिद्धान्तलाई कडाईका साथ कार्यान्वयन गरिने छ । निम्न आयस्तर भएका कृषकहरुलाई संरक्षणका लागि सहुलियतपूर्ण कार्यक्रम ल्याउने छु । यसैगरी वातावरण संरक्षणका लागि फोहरमैलाको बैज्ञानिक तरिकाले उचित व्यवस्थापनसँगै उत्तरी चुरे क्षेत्रमा हाइड्याम निर्माण गरी पानीका श्रोत संरक्षण तथा सिचाइको व्यवस्था गर्ने जस्ता कार्यलाई मैले आफ्नो एजेण्डा बनाएको छु ।

५) तपाईले जितेपछि गर्ने मुख्य काम ?

मेरा एजेण्डा भन्नु नै मैले जितेपछि गर्ने मुख्य कामहरु हुन् । मेरो निर्वाचन क्षेत्रका नागरिकको जीवनस्तर अझ राम्रो बनाउनका लागि जे–जति गर्नुपर्छ ती काम नै मैले गर्ने मुख्य कामहरु नै हुन् । कसरी यो जिल्ला र प्रदेशलाई समृद्ध बनाउन सकिन्छ ती क्षेत्रमा मैले काम गर्नेछु ।

६)  तपाईका जित्ने आधारहरु के के छन् ?

चुनाव जित्ने सबैभन्दा ठूलो आधार भनेको यहाँको जनताको माया नै हो । त्यो नै चुनाव जित्ने आधार हो । पहिलो कुरा त म यही क्षेत्रकै बासिन्दा हुँ । सबैको सुख दुखमा म सधै सँगै रहेको छु । मेरो लवाई खुवाई बसाई यसै क्षेत्रका बासिन्दाको जस्तै छ, तपाईहरुले देख्नुभएकै छ । यहाँका मानिसहरुका समस्या के छन् मैले आफै पनि भोगेको छु । महिलाका समस्या मेरो आमाको समस्याजस्तै हो ।

मेरा आमाले भोगेको जस्तै समस्या यहाँका महिलाहरुले भोग्नुभएको छ । म खेती किसानी गर्ने मान्छे हुँ, किसानका समस्याप्रति म भुक्तभोगी छु, । हाम्रो आवश्यकता के हो देखेको र सुनेको मात्रै होइन मैले आफै अनुभव गरेको छु । मेरा साथीभाइ ठूला सहरका नभई यही बस्तीका छन् । अहिले चुनावी एजेण्डा बनाउने र भोलि जितेर केन्द्रीय राजनीति गर्ने आफ्नो क्षेत्रमा नआउने हुने छैन । यहाँका प्रत्येक व्यक्तिले मलाई अहिलेजस्तै सहजै कान समाउन सक्नुहुन्छ । म निरन्तर सबैको सम्पर्कमा रहने व्यक्ति हो । मलाई र मेरो चरित्रलाई सबैले चिन्नु भएको छ । मतदाताले रोज्ने भनेकै आफ्नै घरआँनको आफूसँग सखदुखमा साथ रहने भाइ–छोरो न हो । यी नै मेरा जित्ने आधारहरु हुन् ।

७) मतदाताको आशंका तपाई पनि त जितेपछि फेरि परिर्वतन हुने होला भन्ने पनि त होला नि ?

त्यस्तो मान्छे म होइन । मेरो बिगत हेर्नुहुन्छ भने पनि त्यस्ले तपाईको प्रश्नको केही जवाफ दिन्छ । म नेपाली कांग्रेसको दाङ जिल्लाको सबैभन्दा कान्छो उमेरको इकाई सभापति हो । कान्छो उमेरकै क्षेत्रीय सभापति र जिल्ला सचिव भएको मान्छे हुँ । सम्भवतः जिल्ला सभापतिमा निर्वाचन लड्ने पनि कान्छो उमेरैकै हो, यदि म पदमा पुगेर बिग्रने वा भेटघाट नगर्ने व्यक्ति भए अहिले यो अबस्थामा आउन सक्थ्यो होला र ? अर्को मेरो परिवार पनि राजनीतिक आचारण भएको परिवार हो, दाइले अहिले पनि आफूले खाएको थाल आफै माझ्नुहुन्छ, हामी यो समुदायभन्दा बाहिर गएर रहन सक्दैनौं । यसकारण ममाथि त्यस्तो शंका गर्नु ठीक होइन । यो मैले भन्नु भन्दा पनि मलाई चिनेका व्यक्तिहरुबाट जवाफ खोज्दा अझ राम्रो होला । त्यसकारण म यहाँका मतदातालाई विश्वस्त बनाउन चाहन्छु कि म यहाँका जनता र मतदाताबीचमा सधै रहन्छु । त्यो मेरो प्रतिबद्धता हो ।

८)  अबको लडाइँ कम्युनिष्ट गठबन्धन र लोकतन्त्रवादी बीचको भनिन्छ नि ?

तपाईले भने जस्तै यो चुनावमा लोकतन्त्रवादी र कम्युनिष्ट शक्तिबीच नै हो । अहिलेको बाम गठबन्धन लोकतन्त्र र राष्ट्रिय स्वाधिनताको पक्षमा छैन । अतिवादी कम्युनिष्ट शासन व्यवस्था स्थापनाको मूल उद्देश्य राखेर बनेको गठबन्धनले मुलुकको समृद्धिको यात्रालाई रोक्छ । यो गठबन्धन जनताको पक्षमा छैन । स्वयं तिनै पार्टीका कार्यकर्ताको पक्षमा पनि छैन । हो, ठूला नेताहरुको पक्षमा छ यो गठबन्धन तर कार्यकर्तालाई पनि यो कार्यले पाखा लगाउने काम गर्दैछ ।

९) अन्त्यमा आम मतदातालाई के भन्नुहुन्छ ?
लोकतन्त्र मजबुत भएमात्र सबैको अधिकारको ग्यारेन्टी हुन्छ । सबैले विकासको अनुभूति गर्न पाउँछन् । यसका लागि नेपाली कांग्रेसले जित्न आवश्यक छ । कांग्रेसले चुनाव हारेमा देशले, लोकतन्त्रले हार्नेछ । त्यसकारण चुनावमा कांग्रेसले जित्नुको विकल्प छैन । कांग्रेसले जितेमा संविधान कार्यान्वयन र जनताका अधिकारी स्थापित गर्न सहयोग पुग्छ । म नेपाली कांग्रेसको सिपाही हुँ । म तपाईहरुकै भाइछोरा हुँ । तपाईहरुजस्तै सामान्य जीवनयापन गर्दछु । तपाई हाम्रा समस्या एउटै छन् ।

ती समस्या समाधान गर्नु मेरो प्रमुख जिम्मेवारी हुनेछ । म जहिले पनि तपाईहरुकै बीचमा रहने मान्छे हुँ । त्यसैले यो पटक मतदाताले सेवा गर्ने वसर मलाई अदिनेमा म विश्वस्त छु । मतदाताले दिएको मतको मैले सधैभरि कदर गरेर अघि बढ्ने छु । यो मेरो प्रतिवद्धता नै हो । जिल्लाको समग्र विकासको लागि कांग्रेसको विकल्प छैन । त्यसको लागि तपाईको सञ्चार माध्यममार्फत जिल्लाको समग्र विकास, समृद्धिको लागि सबैको सहयोग पाएमा त्यो पूरा गरेर छाड्ने छु ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*