Home / Feature Breaking news / क्षेत्रीय अधिवेशनका लागि प्रतिनिधि छनोट

क्षेत्रीय अधिवेशनका लागि प्रतिनिधि छनोट

दाङ, १ साउन । नेपाली कांग्रेसको शुभेच्छुक संघ नेपाल सांस्कृतिक संघ दाङले अधिवेशनका लागि प्रतिनिधि छनोट गरेको छ ।

नेपाल सांस्कृतिक संघ दाङ अध्यक्ष राजेन्द्र श्रेष्ठको अध्यक्षमा शनिवार घोराहीमा बसेको बैठकले क्षेत्रीय अधिवेशनका लागि प्रतिनिधि छनोट गरेको हो ।

जसअन्तर्गत् क्षेत्र नं. १ मा क्षेत्रीय प्रतितिनिधका रूपमा संघका उपाध्यक्ष बालिका लम्साल, क्षेत्र नं. २ मा जिल्ला सदस्य प्रेम शर्मा र क्षेत्र नं. ३ मा जिल्ला कोषाध्यक्ष देवा शर्मालाई खटाउने निर्णय गरेको सचिव राजेन्द्र दाहालले जानकारी दिएका छन् ।

सचिव दाहालकाअनुसार साउनको महिनाभित्र ३ वटै क्षेत्रको अधिवेशन गरिसक्नु पर्नेछ । क्षेत्रीय अधिवेशनपछि जिल्ला अधिवेशनको मिति तोकिने सचिव दाहालले जानकारी दिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*