Home / समाचार / घोराही र तुलसीपुरमा हुने आमसभामा उपस्थितिकालागि अनुरोध

घोराही र तुलसीपुरमा हुने आमसभामा उपस्थितिकालागि अनुरोध

दाङ, ११ मंसीर
नेपाली काग्रेस दाङले सोमवार हुने चुनावी सभामा उपस्थितिका लागि सवैमा अनुरोध गरेको छ । चुनावी कार्यक्रम अन्तरगत सोमवार घोराही र तुलसीपुरमा हुने बृहत आमसभामा उपस्थितिकालागि उहाँले सम्पूर्ण जिल्लाबासीहरुमा दाङ कांग्रेसले अनुरोध गरेको छ ।

नेपाली काग्रेस दाङका सभापति कितिबहादुर खड्का र सचिव शंकरप्रसाद डाँगीले आज सोमवार एक विज्ञप्ती जारी गरी नेपाली काग्रेस दाङको आयोजनामा भोली मंगलवार दिउसो घोराही र तुलसीपुरमा हुने कार्यक्रममा सहभागि हुनकालागि सम्पूर्ण जिल्लाबाीहरुमा अनुरोध गर्नुभएको छ ।

सभालाई प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेल, महामन्त्री शशांक कोईराला र चुनावी प्रचारप्रसार समितिका संयोजक बालकृष्ण खाँड लगाएतकाले सम्वोधन गर्ने कार्यक्रममा उपस्थित हुनकालागि उहाँहरुले विज्ञप्ती मार्फत काग्रेसका नेता कार्यकर्ता, भातृ संगठनका प्रमुख, सुवेच्छुक,पत्रकार लगाएत सवैमा अनुरोध गर्नु भएको छ ।

विज्ञप्तीमा दिउसो साढे १ बजे तुलसीपुरको अरनिको मैदान र घोराहीमा जिल्ला समन्वय समितिको दक्षीणतर्फ रहेको सहिद मञ्चमा हुन कार्यक्रमलाई साढे २ बजे प्रमुख वक्ता एवं कांग्रेस सभापति तथा प्रधानमन्त्री देउवाले सम्बोधन गर्ने उल्लेख गरिएको छ ।

यसैबीच नेपाली काग्रेस क्षेत्र नम्वर २ को प्रचारप्रसार समितिले पनि कार्यक्रममा उपस्थित हुनकालागि सम्पूर्णमा अनुरोध गरेको छ । प्रचारप्रसार समितिका संयोजक भुपबहादुर डाँगी र सहसंयोजक गिरिराज सुवेदीले एक विज्ञप्ती निकालेर चुनावी सभामा सहभागीताका लागि सम्पूर्ण जिल्लाबासीहरुमा हुनु अनुरोध गर्नुभएको छ ।

विज्ञप्तीमार्फत घोराहीमा जिल्ला समन्वय समितिको दक्षीणतर्फ रहेको सहिद मञ्चमा हुने कार्यक्रममा उपस्थितिकालागि सम्पूर्ण जिल्लाबासीहरुमा अनुरोध गर्नुभयो ।

यस्तै महिला संघ दाङका अध्यक्ष गोमा रावत, साविक क्षेत्र नम्बर ३ का अध्यक्ष जानका केसी, तरुण दलका जिल्ला अध्यक्ष टिका घर्ति, उपाध्यक्ष विमलमान श्रेष्ठ, नेविसंघका जिल्ला उपाध्यक्ष टोपबहादुर बुढाथोकी, क्षेत्र नम्बर ३ का सभापति तिलक रावत, दलित संघ क्षेत्र नम्बर ३ का क्षेत्रीय उपाध्यक्ष केशव नेपालीले आज सोमवार संयुक्त विज्ञप्ती निकालेर कांग्रेस दाङले घोराही र तुलसीपुरमा आयोजना गरेको सभामा उपस्थितिकालागि सम्पूर्ण जिल्लाबासीहरुमा अनुरोध गर्नुभएको छ ।

यस्तै साविक घोराही नगर समिति, त्रिपुर नगर समिति, सौडियार, धर्ना, मानपुर, विजौरी, काभ्रे, स्यूजा, सैघा, हाँसिपुर, लोहारपानी, लक्ष्मीपुरका कांग्रेस ईकाई समितिले पनि घोराहीमा हुने वृहत आमसभामा उपस्थित हुनकालागि सम्पूर्णमा अनुरोध गरेका छन् ।

यसैगरी नेपाली काग्रेस घोराही उपमहानगरपालिका वडा नम्वर १५ ले पनि आज एक विज्ञप्ती जारी गरि भोलीको कार्यक्रममा उपस्थीतिका लागि अनुरोध गरेको छ । वडा सभापति प्रकास श्रेष्ठ र सचिव लेखनाथ वुढाथोकीले आज एक विज्ञप्ती जारी भोलीको कार्यक्रममा उपस्थीतिका लागि अनुरोध गर्नु भएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*