घोराही, ११ मंसीर
दाङमा उमेद्वारलाई लक्षीत गरि बम प्रहार भएको छ । प्रदेश सभा सदस्यका उमेद्वार भरतबहादुर न्यौपाने चढेको गाडीलाई लक्षीत गरि बम विष्फोट भएको थियो ।
आज सोमवार दिउसो करिब सवा ४ बजेको समयमा क्षेत्र नम्बर २ प्रदेश २ का उमेद्वार भरतबहादुर न्यौपाने चढेको गाडीलाई लक्षीत गरि बम प्रहार भएको हो ।
तुलसीपुर उपमहानगरपालिका वडा नम्बर १९ छिल्लीकोटबाट सदरमुकाम फर्कने क्रममा न्यौपाने चढेको रा १ ज ६१२ नम्बरको गाडीलाई लक्षीत गरि संक्राममा बम प्रहार भएको न्यौपानेको छोरा प्रचण्डदेव न्यौपानेले जानकारी दिनुभयो ।
गाडी भन्दा केही दुरी अगाडी बम विष्फोट भएको थियो । बम प्रहारबाट कुनै क्षति भने नभएको बताईएको छ । न्यौपाने कांग्रेसतर्फका उमेद्वार हुन् ।