Home / Election / मतदान गर्न सिकाउदै खनाल

मतदान गर्न सिकाउदै खनाल

घोराही, ११ मंसीर
निर्वाचनको मिति नजिकिदै छ । उमेद्वारहरु मत आफ्नो पक्षमा पार्नकालागि लागपरेका छन् । उनीहरु कसरी आफ्नो पक्षमा पार्ने भनेर कसरतमा छन् ।

उनीहरु मत माग्नेदेखी मतदान गर्न पनि सिकाउने गरेका छन् । दाङ निर्वाचन क्षेत्र नम्बर २ मा कांग्रेसको तर्फबाट प्रतिनीधी सभा सदस्यका उमेद्वार राजु खनालले मत बदर नहोस् भनेर मतदाताहरुलाई मतदान गर्न सिकाउदै घरदैलो गर्नुभएको छ ।

उहाँ हरेक गाँउ एवं घरमा पुगेर घरदैलोका क्रममा म तबदर नहोस् भन्ने हेतुले मतदान गर्ने तरिका मतदाताहरुलाई सिकाउने गर्नुभएको छ । मतदान गर्ने नागरिकको हकको सदुपयोग होस् भन्ने उद्धेश्यले पनि मतदाताहरुलाई मतदान गर्न आफूले सिकाउने गरेको खनालको भनाई छ ।
‘मतदान कसरी गर्ने भन्ने कतिपयलाई थाहा नै छैन’ खनालले भने–‘त्यसैले मैले मतदान गर्ने तरिका घरदैलोमा पुगेको समयमा सिकाउने गरेको छु ।’

उहाँले हरियो मतपत्र प्रतिनिधी सभातर्फ प्रत्यक्षकालागि, कालो मतपत्र प्रदेश सभातर्फ प्रत्यक्षकालागि र रातो मतपत्र प्रतिनीधी सभा र पदेश सभातर्फ समानुपातिककालागि भएको भन्दै सोही अनुसार सिकाउने गर्नुभएको छ । खनालले हरेक मतपत्रको सबैभन्दा पहिले कांग्रेसको चुनाव चिह्न हुने भएकाले त्यसैमा मतदान गर्न अनुरोध गर्नुभयो ।

यस्तै ३ वटा मतपत्रमा ४ स्थानमा स्वस्तीक छाप लगाउन उहाँले मतदाताहरुलाई अनुरोध गर्ने गर्नुभएको छ । प्रत्यक्षमा दुबै मतपत्रमा एक÷एक स्थानमा र समानुपातिकमा भने एक मतपत्रमा २ स्थानमा मत दिन अनुरोध गर्दै मतदान गर्ने तरिका खनालले सिकाउने गर्नुभएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*