Home / Feature Breaking news / चेतनामा आधारित बौद्धिक शिक्षा अहिलेको आवश्यकता

चेतनामा आधारित बौद्धिक शिक्षा अहिलेको आवश्यकता

दाङ,१६ असार । महर्षी वैदिक फाउन्डेसनको चेतनामा आधारित शिक्षाको प्रवर्दन विषयक कार्यक्रम विहिवार घोराहीमा सम्पन्न भएको छ ।

कार्यक्रममा राष्टिय तथा अन्तराष्टि«य ख्याती प्राप्त व्यक्तिहरुको सहभागीता कार्यक्रम भएको थियो । कार्यक्रमका प्रमुख अतिथी फाउन्डेसनका प्रमुख ब्यक्तित्व राजा किंगस्ले चेतनामा आधारित बैदिक शिक्षा अहिलेको आवश्यकता रहेको बताएका थिए ।

शिक्षाको लागी नेपाल नै उर्वरभूमी रहेको उनको भनाई थियो । आफु अमेरिका भएपनि वेदको अध्ययनपछि साच्चिकै स्वर्ग वेदबाट नै पाउन सकिने अनुभुती भएको बताए । यसैगरी अमेरीका नैवाट आएकी लेस्लीले चेतनामा आधारीत शिक्षाबाट नेपालीको छिटो प्रगती हुनसक्ने वताइन । नेपालीको संस्कार र संस्कृतीसंग सवैकुरा मेलखाने हुदा यसको ठुलो जागरण नेपालबाट ल्याउन सकिने बताए ।

पतन्जली योग समिति, गोरखनाथ वैदिक गुरुकुल र हिन्दु बिद्यापिठ नेपालको सयुक्त आयोजनामा भएको कार्यक्रममा हिन्दू विद्यापीठ नेपालका प्रमुख डा चिन्तामणी योगीले समाज रुपान्तरणको लागी घरघरमा जागरण आउनुपर्ने बताए । दाङ धर्म र संस्कृतीको उर्वरभुमी भएको भन्दै उनले अव हरेक घरबाट जाग्नु पर्ने वेला आएको बताए । घर र परिवारमा शुख शान्ति ल्याउन सवैले चेतनामा आधारित शिक्षाको शुरुवात गर्नुपर्ने बताए ।

महर्षी वैदिक फाउन्डेसन नेपालका अध्यक्ष दीपकप्रकाश वास्कोटाले समाज परिवर्तनका लागी शिक्षाको ज्योती फैलाउनु पर्ने वताए । यसैगरी फाउन्डेसनका मिनराज अधिकारीले ध्यान हरेकले गर्नुपर्ने बताए । ध्यानबाट नै मष्तिष्क पूर्णरुपले स्वस्थ राख्न सकिने उनको भनाई थियो । हिन्दु विद्यापीठ नेपाल घोराहीका निर्देशक डा भोलानाथ योगीले हिन्दु विद्यापीठ नेपाल घोराहीका विद्यार्थी तथा शिक्षक शिक्षिकाहरुका लागी ध्यान कक्षा शरुवात भैसकेको जानकारी दिए ।

साथै उनले हिन्दु विद्यापीठमा यही शैक्षिक सत्रदेखि कक्षा ११ मा आयुर्वेद र योग विषयको पढाइ शुरु गरिएको पनी जनाकारी दिए । कार्यक्रममा गोरखनाथ वैद्धीक गरुकुल चौघेराका वालवालीकाहरुले स्वस्तीक वाचन गरेका थिया । कार्यक्रममा हिन्दु विद्यापीठ नेपाल घोराहीका बालबालिकाहरुले स्वागत गीत तथा नृत्य प्रस्तुत गरेका थिय ।

हिन्द्रु विद्यापीठ नेपाल घोराहीका निर्देशक डा भोलानाथ योगीको अध्यक्षतामा भएको कार्यक्रममा स्वागत योग गुरु प्रेम शाहले गरेका थिए । कार्यक्रमको सञ्चालन विद्यापीठका शिक्षक पिताम्वर रिजालले गरेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*