Home / खेलकुद / चिली ब्राजिलसँग हार्‍यो, विश्वकपमा छनौट हुन सकेन

चिली ब्राजिलसँग हार्‍यो, विश्वकपमा छनौट हुन सकेन

असोज २५ – दक्षिण अमेरिकी च्याम्पियन चिली आउँदो वर्ष रुसमा हुने विश्वकप फुटबलका लागि छनौट हुन सकेन । दक्षिण अमेरिकी क्षेत्रको छनौट अन्तर्गत बुधबार बिहान भएको खेलमा ब्राजिलसँग ३–० ले पराजित भएसँगै कोपा अमेरिका विजेता चिलीको विश्वकप सपना टुटेको हो । चिलीलाई कम्तिमा प्ले–अफमा स्थान बनाउनका लागि एक गोल अन्तरको हार चाहिन्थ्यो । तर यसअघि नै विश्वकपमा स्थान बनाएको ब्राजिलसँग चिली निरिह बन्यो र तीन गोल अन्तरले पराजित भयो । पहिलो हाफमा गोल रहित बराबरी भएको खेलमा ५५ औं मिनेटमा पाउलिन्होले ब्राजिलका लागि गोल गरे । त्यसको दुई मिनेटपछि गाब्रियल जिससले गोल गर्दै ब्राजिलको अग्रता दोब्बर पारे । इन्जुरी समयमा जिससले व्यक्तिगत दोस्रो गोल गरेपछि स्टार खेलाडी नेइमारसहितको टिम ब्राजिल ३–० ले विजयी भयो । चिलीका एलेक्स सान्चेज, अटुसो भिडालसहितका खेलाडीले गोल गर्ने प्रयास गरेका थिए । तर सफल भने हुन सकेनन् । यो हारले चिलीलाई गोल अन्तरमा पछि पर्दै विश्वकपमा स्थान बनाउन असफल बनायो । कोलम्बियासँग १–१ को बराबरी खेलेको पेरु गोल अन्तरमा अघि रहँदै पाँचौं स्थानमा रहेर प्ले–अफमा स्थान बनाउन सफल भयो । पेरु र चिलीको समान २६ अंक भएपनि गोल अन्तरमा पेरु अघि रह्यो । पेरुले विश्वकप छनौटका १८ खेलमा २७ गोल गर्‍यो भने २६ गोल खायो । तर चिलीले २६ गोल गर्‍यो र २७ गोल खायो । यो नै उसका लागि घातक बन्यो । आउँदो वर्षको रुस विश्वकपमा सान्चेज र भिडालसहितका खेलाडीको प्रदर्शन हेर्न नपाइने भएको छ । 

उज्यालो अनलाईनबाट 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*