Home / समाचार / ब्राउन सुगरसहित तीनजना पक्राउ

ब्राउन सुगरसहित तीनजना पक्राउ

दाङ,१२ कार्तिक । इलाका प्रहरी कार्यालय गढवा दाङले ब्राउन सुगरसहित तीन जनालाई पक्राउ गरेको छ ।

इलाका प्रहरी कार्यालय गढवाका प्रहरी प्रमुख पञ्चलाल गोलेको नेतृत्वमा गएको प्रहरी टोलीले दाङको गढवा गाउँपालिका १ जुरौनी धानखोलाको क्षेत्रमा गस्ती गर्ने क्रममा महेन्द्र राजमार्गको सडक पोखरादेखि कोहलपुर जान लागेको से १ च ११९० को महेन्द्र बोलेरो जीपसहित तनिजनालाई पक्राउ गरेको हो ।

प्रहरीले दुई ग्राम ब्राउन सुगर र १६ ग्राम गाँजा पनि पक्राउ गरेको इलाका प्रहरी कार्यालय गढवाको प्रहरीका प्रमुख पञ्चलाल गोलेले जानकारी दिए । सोमबार बिहान एक बजे गढवा इलाका प्रहरी कार्यालयको प्रहरी टोलीले दाङको गढवा गाउँपालिका १ जुरौनी धानखोलाको क्षेत्रमा से १ च ११९० नम्बरको महेन्द्रा बोलेरो जीपमा रहेका तीजनालाई पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा बाँके बैजनाथ गाउँपालिका १ चिसापानी बस्ने ३९ वर्षीय नरबहादुर पाण्डे, सोही ठाउँ निवासी ३२ वर्षीय भिमसिंह रोकाय र २५ वर्षीय छवि गुरुङ रहेका छन । पक्राउ गरेका व्यक्तिहरुको शरीर तथा से १ च ११९० नम्बरको जीप चेक जाँच गर्दा लागुऔषध भेटिएको थियो ।

प्रहरीले से १ च ११९० नम्बरको बोलेरो जीप, ९ हजार पाँच सय रुपैयाँ, तीनवटा मोबाइललगायतका सामाग्रीको पनि बरामद गरेको जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*