Home / Feature Breaking news / बढ्दै लागुऔषध कारोवारः ११ महिनामा ४५ जना पक्राउ

बढ्दै लागुऔषध कारोवारः ११ महिनामा ४५ जना पक्राउ

दाङ,१३ असार । दाङमा लागुऔषधको कारोवार बढ्दै गएको छ । जिल्ला प्रहरी कार्यालय दाङको विगत पाँच बर्षको तथ्याङकको तुलनामा यसबर्ष सवैभन्दा धेरै मुद्धाहरु दर्ता भएका छन । जिल्ला प्रहरी कार्यालयमा यसबर्ष २९ वटा लागुऔषध सम्वन्धी मुद्धा दर्ता भएका छन ।

२९ मुद्धामा ३७ पुरुष र नौ जना महिला गरि ४६ जना पक्राउ परेको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ । पक्राउ पर्नेमा अधिकांस कलियो उमेरका युवाहरु हुने गरेका छन । प्रहरीले उनीहरुबाट प्रतिवन्धीत ६० केजी चरेश, २१९ ग्राम ब्राउन सुगर, ७ केजी ६ सय ग्राम गाँजा र ९७ ट्याव्लेट नाईट्राभेट नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी नायव निरिक्षक निर्मल खत्रीले जानकारी दिए । यो गतबर्षको तुलनामा दोव्वर वृद्धि हो ।

आर्थिक बर्ष २०७४ ्र०७५ मा जिल्ला प्रहरी कार्यालयमा १५ वटा मात्र लागुऔषध सम्वन्धी मुद्धा दर्ता भएका थिए । जसमा २७ जनालाई पक्राउ गरेको थियो । पक्राउ पर्ने २४ पुरुष र ३ जना महिलाहरु रहेका थिए । उनीहरुको साथवाट प्रहरीले ३६ केजी चरेश, ४ केजी गाँजा, पाँच केजी अफिम, ब्राउन सुगर १२ ग्राम ३४० मिलीग्राम र ३२ ट्याव्लेट नाइट्राभेट औषधि पक्राउ गरेको प्रहरी नायव निरिक्षक खत्रीले बताए ।

आर्थिक बर्ष २०७३ ्र०७४ मा लागुऔषधका मुद्धामा २३ जनलाई पक्राउ गरेको थियो । जसमा २१ जना पुरुष र दुई जना महिलाहरु रहेका थिए । उक्त बर्ष उत्पादन गर्ने एक जना, विक्री वितरण गर्ने ११ जना र ओसारपसारमा संलग्न पाँच जना पक्राउ परेका थिए । उनीहरुको साथवाट प्रहरीले चरेश १४ केजी, गाँजा ८ केजी र ब्राउन सुगर १७ ग्राम ११६ मिलिग्राम पक्राउ गरेको थियो ।

आर्थिक बर्ष २०७२ ्र०७३ मा जिल्ला प्रहरी कार्यालयमा १९ वटा लागुऔषध सम्वन्धी मुद्धा दर्ता भएका छन । १९ मुद्धामा २९ जना पुरुष र २ जना महिला गरि ३१ जनलाई पक्राउ गरेको प्रहरीले जनाएको छ । पक्राउ परेका मध्यवाट प्रहरीले चरेश १३ केजी, गाँजा ७ केजी र ब्राउन सुगुर ३२ ग्राम ९४५ मिलीग्राम नियणन्त्रमा लिएको जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी नायव उपरिक्षक खत्रीले बताए । उनका अनुसार उक्त बर्ष २ जना सेवकर्ता, १२ जना विक्रि वितरणमा संलग्न र पाँच जना ओसारपसारमा संलग्न पक्राउ परेका थिए ।

त्यसैगरी आर्थिक बर्ष २०७१ ्र०७२ मा १३ वना मुद्धा दर्ता भएका छन । जसमा ३० जना पुरुष र छ जना महिला गरि ३६ जना पक्राउ परेका थिए । उक्त बर्ष प्रहरीले उनीहरुवाट चरेश ७२ केजी ५० ग्राम, अफिम ३ केजी ३०० सय ग्राम र ब्राउन सुगर १३ ग्राम ३५० मिलीग्राम पक्राउ गरेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

दाङ लागुपदार्थ दुव्यर्सनी प्रयोगसँगै ओसारपसारका दृष्टिले निकै संवेदनशील क्षेत्र रहेको जिल्ला प्रहरी कार्यालय दाङका प्रमुख एव प्रहरी उपरिक्षक बेलबहादुर पाण्डेय बताउँछन । भारतसँगको खुल्ला सिमनासँगै राप्तीका पहाडी जिल्लाको केन्द्र भएकाले दाङ लागुऔषध प्रयोगसँगै ओसारपासरका दृष्टिले संवेदनशील क्षेत्र रहेको प्रहरी प्रमुख पाण्डेय बताउँछन । ‘लागुऔषधको प्रयोगसँगै ओसारपसारका दृष्टिले समेत दाङ जोखिममा रहेको छ’,प्रहरी प्रमुख पाण्डेयले भने,‘त्यही प्रहरीले निगरानीसँगै पछिल्लो समय सचेतनामुलक कार्यक्रम समेत चलाउँदै आएको छ ।’ उन अनुसार जिल्लामा गाँजा, चरेश, ब्राउन सुगर,अफिमसँगै नाइट्राभेट औषधिको कारोवार हुने गरेको छ ।

फाइल फोटो

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*