Home / Feature Breaking news / कांग्रेस दाङमा पदाधिकारी मनोनयन, कुन पदमा को ?

कांग्रेस दाङमा पदाधिकारी मनोनयन, कुन पदमा को ?

दाङ, २ असोज

नेपाली कांग्रेस दाङले जिल्ला कार्यसमितिलाई विस्तार गरेको छ । सोमवार बसेको कांग्रेस जिल्ला कार्यसमिातिको बैठकले उपसभापति सहित तीन जना पदाधिकारी थप गरेको हो ।

पार्टीको बिधानतः मनोनयन गर्नु पर्ने प्रावधान अनुसार पदाधिकारी मनोनयन गरिएको कांग्रेस दाङका सचिव शंकर प्रसाद डाँगीले जानकारी दिनु भएको छ । जसअनुसार दाङ कांग्रेसको उपभासपतिमा कमानसिंह भारतीलाई मनोनयन गरिएको छ । यसैगरि सचिवमा टेकवहादुर वली र सहसचिवमा खिमाकुमारी अधिकारी चयन भएको सचिव डाँगीले जानकारी दिनु भयो ।

साथै बैठकले अब हुने संघ र प्रदेशको निर्वाचनका लागि कांग्रेसले सांगठनिक अभियान सञ्चालन गर्ने निर्णय पनि गरेको छ । जसअनुसार गाउँतहमा जिल्ला पदाधिकारी तथा प्रतिनीधिहरुलाई खटाईने निर्णय भएको सचिव डाँगीले जानकारी दिनुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*