Home / समाचार / राजविद्या पाठशालामा कक्षा ७ मा ७ छात्रवृत्ति कार्यक्रम

राजविद्या पाठशालामा कक्षा ७ मा ७ छात्रवृत्ति कार्यक्रम

दाङ, २९ असार ।

दाङकाे घाेराहीस्थित राजविद्या पाठशालामा कक्षा १० सम्मका लागि छात्रवृत्ति खुलेकाे छ ।

राजविद्या पाठशाला र लायन्स कल्व अफ दाङ राजविद्या पाठशालाको साझेदारी कार्यक्रम अन्तर्गत राजविद्या पाठशालामा कक्षा ७ का लागि छात्रवृत्ति प्रदान गर्ने भएकाे हाे ।

विद्यालयले कक्षा ७ मा ७ छात्रवृत्ति कार्यक्रम सञ्चालन गर्ने थालेकाे हाे ।

शैक्षिक वर्ष २०७९ मा भर्नाका लागि विभिन्न छात्रवृत्तिका योजनाहरू अघि सारिएकोछ ।

छात्रवृत्ति अन्तर्गत कक्षा ७ मा २ जनालाई कक्षा १० सम्म पूर्ण छात्रवृत्ति उपलब्ध गराइनेछ । पूर्ण छात्रवृत्ति अन्तर्गतका विद्यार्थीले कक्षा १० सम्म कुनै पनि प्रकारका रकम विद्यालयलाई बुझाउनुपर्ने छैन ।
त्यस्तै दुई जनालाई सत प्रतिशत शैक्षिक छात्रवृत्ति प्रदान गरिनेछ ।

दुई जनालाई ५०% शैक्षिक छात्रवृत्ति प्रदान गरिने भएकाे छ ।

`सामाजिक उत्तरदायित्व बहन शिक्षा क्षेत्रमा संलग्न हरेक व्यक्तिकाे दायित्व हाे । राजविद्या पाठशाला र लायन्स कल्व अफ दाङ राजविद्या पाठशालाको साझेदारी कार्यक्रम प्रदान गरिने छात्रवृत्तिले मेधावी विद्यार्थीहरूलाई अध्ययनकाे वातावरण सिर्जना गर्नका लागि अगाडि बढाइएकाे हाे ।´ प्रिन्सिपल टिकाजंग बिकेले बताए । यसपालि कक्षा ७ मा ७ छात्रवृत्ति कार्यक्रम अगाडि बढाएकाे प्रिन्सिपल बिकेले बताए ।

छात्रवृत्ति प्राप्त गर्न योग्यता पुगेका जो कोहीले श्रावण ६ गतेसम्म आवेदन दिइसक्नुपर्ने विद्यालयले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*