Home / Feature Breaking news / ‘डा. केसीलाई कांग्रेसले उचालेको छैन, सरकारले माग पूरा गर्नैपर्छ’

‘डा. केसीलाई कांग्रेसले उचालेको छैन, सरकारले माग पूरा गर्नैपर्छ’

काठमाडौं,४ असार । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले सरकारले डा। गोविन्द केसीका माग पूरा गर्नैपर्ने बताएका छन् । यसअघि आफ्नो सरकारले तयार पारेको अध्यादेश जस्ताको त्यस्तै विधेयकका रुपमा ल्याए डा. केसीका सबै माग पूरा हुने उनले बताए ।
२१ दिनदेखि आमरण अनशनमा बसेका डा.गोविन्द केसीलाई त्रिवि शिक्षण अस्पतालमा पुगेर देउवाले भेटेका थिए ।

भेटपछि पत्रकारहरुसँग कुरा गर्दै देउवाले भने, “डा. केसीका सबै माग जायज छन् । उहाँका माग पूरा गरेर सरकारले जीवन रक्षा गर्नुपर्छ । उहाँको जीवन रक्षाका लागि पहल गर्नु हामी सबै नेपालीको कर्तव्य हो ।”

देउवाले भने, “कांग्रेसले डा. गोविन्द केसीलाई उचालेको भन्नु नै गलत हो । उहाँ देशको भलो चाहने व्यक्ति हो । कसैले उचालेर उहाँ उचालिने व्यक्ति नै होइन । मैले संसद् नभएको बेला अध्यादेश ल्याएको थिएँ । त्यहीअनुसार अहिले पनि विधेयक ल्याउने हो भने सबै माग पूरा हुन्छन् ।”
२० दिनसम्म जुम्लामा अनशनमा बसेका केसीलाई सरकारले जबरजस्ती बिहीबार बेलुका काठमाडौं ल्याएको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*