Home / मनोरञ्जन / संगित बजारमा ईन्दुको ‘ईन्ट्री’

संगित बजारमा ईन्दुको ‘ईन्ट्री’

स्कुले जीवनमा ‘गायकी’ उनको परिचयनै बनिसकेको थियो । बिद्यालयमा हुने सांस्कृतिक कार्यक्रमहरुमा उनि गायनमा सहभागी भईरहन्थीन् । उनि आँफू स्वेच्छाले भन्दा पनि उनलाई गायकी प्रस्तुत गर्न आग्रह गर्नेहरु निकै हुन्थे । यसर्थ गायकीको पहिचान बनिसकेको थियो । अर्घाखाँची सितगंगाकी ईन्दु गैरेको अब्बल गायकी सुन्नेहरुले उनको सम्भावना औँल्याउँथे ‘तिमी राम्रो गायिका बन्छौ, मेहनत गर ।’ यो प्रेरणाले गायीका बन्ने उत्साह त पैदा हुन्थ्यो । तर आँट आउँदैनथ्यो । उनि भन्छिन् ‘गायीका बन्न सक्ने मेरो सम्भावनाको कुरा गरिदिँदा उत्साह त जाग्थ्यो तर मनमा आँट आउँदैन्थ्यो ।’ त्यसोत, औपचारिक गायन यात्राको बाटो पहिल्याउन मोफसलका क्षमतावान प्रतिभाहरुलाई त्यहि सहज पनि छैन । लामो समय सम्म उनको सांगितकी यात्रा थाल्ने उत्साहले ‘मेलो’ पकड्न सकेन ।

indu

फलस्वरुप उनि ‘थोरबहुत’स्टेज कार्यक्रमहरुमा मात्रै सिमित बनिन् । ‘स्टेज कार्यक्रमहरुमा मलाई बोलाईन्थ्यो,’उनले भनिन् ‘तर संगितको औपचारिक यात्रा थाल्ने साइत जुरेको थिएन ।’ यसपालाको तीज पर्व उनी नारी ईन्दुका लागि अँझै खाश बिशेष बनिदियो । उनको गायकीको औपचारिक यात्रा सुरु भयो, तीज गीतबाटै । ‘तीज गीतबाट आफ्नो गायकीको औपचारिक यात्रा सुरुवात गरेकी छु,’उनले भनिन् ‘बर्षौँ देखिको सपना पुरा भए झैँ लागेको छ ।’ उनको आवाजमा रहेको ‘मायाँले खान दिन्न बरिलै’ बोलको तीज गीत अहिले सार्वजनिक भएको छ । यो गीतमा ईन्दुलाई दिनेश पाण्डेले साथ दिएका छन् भने संकलन पनि दिनेशकै रहेको छ ।

indu1
गीत गाउनु एउटा सपना । तर चर्चा कमाउनु गायक गायिकाहरुका लागि झनै ठूलो सपना बनेको हुन्छ । जुन सपना हरेक गायक गायिकाहरुले पछ्याईरहेका हुन्छन् । पहिलो गीतबाटै संगितबजारमा ईन्दुको ‘ईन्ट्री’ सुखद मानिएको छ । समसामयिक विषय बस्तुलाई गीत मार्फत उठान अनि उनको सुरिलो स्वरको तारिफ गर्नेहरुको कमी पक्कै छैन । युट्युव मार्फत सार्वजनिक गरिएको उनको गीतको भिडियोको चर्चाले पनि यसको पुष्टि गरिरहेकै छ । यो गीतको भिडियो बुटवलमा निर्माण गरिएको हो । यो गीतमा मायाँ र पैसाको महत्वका बारेमा दोहोरो बहस गरिएको छ । पैसा ठूलो वा मायाँ भन्ने बिषयमा गरिएको गीत बहस यथार्थपरक छ । यसअलावा गीतको झ्याउरे लयले दर्शक स्रोतको मन खिचेको छ । झ्याउरे भाकाको यो गीत तीजमा नाच्नका लागि गतिलो भाका बनेको छ । उनको सफल ईन्ट्रीसंगै ‘पपुलारिटी’ क्यास गर्ने रेसमा ईन्दु छिन् । भन्छिन् ‘हेरौँ मेरो पहिलो गीतबाट कस्तो रेस्पोन्स आउँछ ।’ ईन्दु यहि प्रतिकृयाको पर्खाईमा छिन् । पहिलो गीतबाट आउने प्रतिकृयाकै आधारमा उनले निधो गर्नेछिन् कि सांगितीक यात्रालाई कसरी अघि बढाउने भन्ने । पहिलो गीतकै ‘फीडब्याक’ चाहेकी ईन्दुले तीन वटा गीत पेन्डिङमा राखेकी छिन् । ‘म पहिलो गीतकै फीडब्याक पर्खेर बसेकी छु,’उनले भनिन् ‘यो गीतबाट आउने फीड ब्याककै आधारमा मैले अरु गीतमा काम गर्ने छु ।’

उनि हाल बुटवलमा अध्ययनसंगै रोजगारमा छिन् । उनि बुटवल स्थित एक अस्पतालमा कार्यरत छिन् ।

 

भिडियो हेर्न यहाँ क्लीक गर्नुहोस्ः

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*